Skip to main content

Yug Post

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक झामाथि जनकारबाही

Advertisement

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै कालाेमाेसाे दली जनकारबाही गरेका छन ।

यसअघि २९ माघमा सोही पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि पनि कार्यालय परिसरभित्र कालाेमाेसाे दलेका  थिए ।

शुक्रबार बिहान उनीहरु डीडीसीका महाप्रबन्धक झामाथि जाइलागेका छन् । सो क्रममा हात हालाहाल भएको थियो । त्यसपछि क्रान्तिकारी युवा संगठन जिन्दावाद भन्दै उनीहरु त्यहाँबाट भागेका थिए । क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले महाप्रबन्धक झाले भ्रष्टाचार र अनियमितता गरेकाले मोसो दलेको बताए ।

झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, किसानबाट संकलित दूध पाउडर बनाएर गोदाममा थन्काएर भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा प्रस्ताव गरेको लगायतका आरोप क्रान्तिकारी युवा संगठनले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search