Yug Post

बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

Advertisement

कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ ।

शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे ।

बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।

नेपालमा पर्याप्त मात्रामा किशोर साहित्यको लेखन नभइरहेको अवस्थामा ‘मङ्की माइन्ड’ ले थोरै भएपनि किशोर साहित्य लेखनको अभाव पूर्ति गरेको उनको भनाइ थियो ।

पुस्तकमाथि किशोरी तपस्या वाग्लेले विस्तृत समीक्षा गरेकी थिइन् । यसैगरी तारानिधि भट्टराई, केशरी अम्गाईले पनि पुस्तकको बारेमा समीक्षात्मक मन्तव्य राखेका थिए । सिर्जना शर्मा, के.के. कर्माचार्य लगायतले कृतिलाइ शुभकामना दिएका थिए ।

कृतिकार शान्ति सापकोटाले पुस्तक लेखनको औचित्यका बारेमा स्पष्ट पारेकी थिइन् । कार्यक्रमका वक्ताहरुले किशोर साहित्य अत्यावश्यक रहेको र यो अभियानकै रुपमा चलाउनु पर्ने उल्लेख गरे । साझा प्रकाशनले प्रकाशनमा ल्याएको यो कृतिमा १० कथा सङ्ग्रहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search