Yug Post

इजरायल द्वारा गाजाको सबैभन्दा ठुलो क्याम्पमा आक्रमण, हालसम्म ९९२५ जनाको मृत्यु

Advertisement
काठमाडौँ, कार्तिक १५ गते । इजरायल र हमासबिच युद्धको आज २६ औँ दिन हो । यसैबिच मङ्गलवार राति इजरायलले उत्तरी गाजको सबैभन्दा ठुलो जबालिया रिफ्युजी क्याम्पमा आक्रमण गरेको छ । सो आक्रमणमा हमासको सिनियर कमान्डर इब्राहिम बियारी सहित ५० लडाकुहरू मारिएको इजरायलले दाबी गरेको छ ।
विभिन्न मानवीय समूहहरूले जबलिया शरणार्थी शिविरमा इजरायलको आक्रमणको निन्दा गरेका छन् ।  उनीहरूले  गाजामा  घातक हवाई आक्रमण रोक्न तथा  युद्ध विराम सुरक्षित गर्न विश्व नेताहरूलाई आव्हान गरेका छन् ।
मङ्गलवारको आक्रमणबाट नजिकैको इन्डोनेसियाली अस्पतालका निर्देशकले कम्तीमा ५० जनाको ज्यान गएको र धेरै घाइते भएको बताएका छन्। त्यस्तै एउटा  अल जजीरा प्रसारण इन्जिनियरले आफ्नो परिवारका १९ सदस्य गुमाएको जानकारी हुन आएको छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अल-शिफा र इन्डोनेसियाका अस्पतालहरू आफ्ना जेनरेटरहरू पावर गर्न इन्धन सकिनबाट “घण्टा टाढा” रहेको चेतावनी दिएका छन्।
प्यालेस्टिनी दूरसञ्चार कम्पनी पल्टेलले गाजामा फेरि सञ्चार र इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ।
गाजाको सीमा एजेन्सीका अनुसार दर्जनौँ घाइते प्यालेस्टिनीहरूलाई बुधवार उपचारको लागि रफाह क्रसिङ हुँदै इजिप्टका अस्पतालहरूमा जाँदा बमबारी गरिएको अवस्था छ ।
इजरायली तथा हमासबिचको युद्धका कारण अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा ८,५२५ प्यालेस्टाइनी मारिएका छन्। इजरायलमा १४०० भन्दा बढी मानिस मारिएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search