Skip to main content

Yug Post

आज देखी नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने

Advertisement

\काठमाडौँ, २९ असोज । आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ ।

नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्व साधारणलाई दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्ने सुविधा दिएको हो ।

उता, काठमाडौँ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष दशै‌ अगावै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search