Skip to main content

Yug Post

इजरायली सरकारले आफ्नै नागरिक मारेको हमासकाे दाबी, गाजापट्टीतर्फ बढ्यो इजरायली टैंक

Advertisement

 

 

गाजापट्टी २६ असोज । प्यालेस्टाइनी हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ ।

हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् ।

‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र विदेशीहरूको हत्या गरेको छ,’ हमासका सैन्य कमान्डरले भनेका छन् । हमासको विज्ञप्ति अनुसार गाजाका पाँच स्थानमा यी व्यक्तिहरूको मृत्यु भएको हो ।  गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १५० जनालाई अपहरण पनि गरेर प्यालेस्टाइनी भूमितर्फ लगेको थियो ।

साथै, हमासले इजरायलमा फेरी रकेट प्रहार गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासले इजरायली सहर अस्केलोनमा १५० रकेट प्रहार गरेको छ । अश्कलोनबाट प्राप्त तस्बिरहरूमा रकेटहरू खसेको देख्न सकिन्छ। हमासले आक्रमण गर्नुअघि सहरमा साइरन पनि बजिरहेको सो मिडियाले जनाएको छ ।

उता, जारी युद्ध रोकिने कुनै छाँटकाँट नदेखी रहेको बेला इजरायली ट्याङ्कहरू गाजा सीमातर्फ अघि बढिरहेको जनाइएको छ । इजरायली सेनाले गाजापट्टी नजिक ३ लाख सैनिक तैनाथ गरेको छ । अहिले क्रमशः ट्याङ्क पनि यही दिशामा पठाइँदै छ । इजरायली सेनाले स्पष्ट रूपमा हमासलाई समाप्त गर्ने बताए पछि आक्रामक रूपमा इजरायल युद्धमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search