Skip to main content

Yug Post

भारतीय सामाजिक अभियन्ता प्रोफेसर डा.नरेन्द्र नायकसँग अन्तरक्रिया हुने

Advertisement
काठमाडौँ आश्विन २२ । धर्मको नाममा व्यापार गर्ने विभिन्न बाबाहरूको अन्धविश्वासबाट नेपाली तथा भारतीय समाज, धेरै नै प्रभावित छ । त्यस प्रकारको अन्धविश्वासका विरुद्ध अभियान चलाउँदै आउनुभएका विभिन्न तर्कवादी तथा चार्वाकवादी सामाजिक अभियन्ताहरू अहिले नेपाल भ्रमणमा हुनुहुन्छ । ती अभियन्ताहरू सँग ज्ञानशाला अनुसन्धान केन्द्रमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
आश्विन २३ गते दिउँसो ३.३० बजे नयाँबजारस्थित केन्द्रको हलमा हुने सो कार्यक्रममा मानवादी अभियन्ता प्रोफेसर डा. नायकका साथै अन्य भारतीय सामाजिक अभियन्ताहरूको समेत उपस्थिति हुनेछ । धार्मिक अन्धविश्वासहरूलाई दार्शनिक पक्षका साथै प्रयोगात्मक प्रकारले समेत खण्डन गर्दै आउनुभएका अभियन्ताहरूसँगको अन्तरक्रिया अत्यन्तै रोचक हुने अनुमान गरिएको छ ।
स्मरण रहोस्, अभियन्ता नायकले धर्मको नाममा व्यापार गर्ने त्यस्ता चटकी बाबाहरूले आफ्नो अलौकिकता प्रमाणित गरे आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार दिने घोषणा समेत गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search