Skip to main content

Yug Post

मलाइ हाँसो लाग्दछ

Advertisement
*  मोहनविक्रम सिंह
मलाई हाँसो लाग्छ,
जब भन्छ अन्धकारले आई,–
‘मैले रोक्दछु प्रकाश लाई,
शून्य पारी सूर्यको तेज–राशि,
अन्धकारमय, बनाउँछु विश्वलाई !
मैले कसरी पत्याऊँ ?
जब ती गगन चुम्बी महलहरूले,
गुलाफी गाला, सुकोमल शरीर,
धडकी रहेका छातीहरूले
गर्न थाल्दछन् भयङ्कर गर्जना,
मानवताको भर्त्सना,
क्रान्तिको विस्फोट रोक्दछौँ भनी
’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई
सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी
रूख पात र ढुङ्गा पनि हाँस्दछन्,
जब भन्छन् गोली तोप र एटमले
’संहार गर्छौ मानवतालाई,
दिशा दिशामा फैलाई दानवी जाल,
भस्म गर्दछौँ–
आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई
चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्,
जब भन्छन् जेलका
अग्ला दीवार र फलाम जन्जिरहरूले,
बन्दीहरूमाथिका प्रताडना र सङ्गिनका धारले
‘प्वाँख काटी मास्दछौँ पक्षी जातिलाई
बीज मासी मास्दछौँ,
उम्री रहने नयाँ–नयाँ अङ्कुरहरूलाई ।’
मशान घाटका मुर्दाहरू पनि
उठेर नाच्न थाल्दछन्
जब भन्छन् वेद र स्मृतिका ठेकेदारहरूले
शिर नुगाई, फूल चढाई
भगवान्लाई सम्झी,
अमर गराउँदछौँ थोत्रो व्यवस्था’ कालो कीर्ति
भ्रम रची अन्धकार फिँजाइ
‘रोकी राख्दछौँ तरुण आकाङ्क्षा नवजाग्रति
सारा मानवहरूले
हर्ष बाजा बजाउँछन्
जब सुनाउँछन्–
चराहरूले गीत गाई
‘छेक्न सक्दैन–
अन्धकारले प्रकाशलाई
जेल गोली एटम र
थोत्रा बिचारले–
रोक्न सक्दैन–
 कोटी कोटी जनको पदचापलाई ।
पाल्पा जेल, वैशाख २०, ०१३

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search