Yug Post

म भागिरहेछु वा………

Advertisement

 

  • मोहनविक्रम सिंह

 

 

तिमी भन्छौ,
म भागी रहेको छु,
किनभने म–
‘यो धरतीलाई छाडेर,
आकाशतिर गइरहेको छु’
तर म–
‘यो धरतीको माया मारेर,
त्यो नीलो आकाशको मायामा अल्झेर
आकाशतिर गई रहेको छैन ।’
म त–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर,
यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर
आकाशतिर गई रहेको छु ।’
मलाई आश्चर्य लाग्छ ।
जब तिमीले यो भुल्दछौ–
‘म पनि यही धरतीमा जन्मेको हुँ
जहाँ तिमी जन्मेका हौ ।
मैले पनि यो धरतीलाई माया गर्छु
जहाँका सारा बाँझा चौरहरूमा
हरिया अङ्कुरहरू उम्रन्छन्’
तिमीले भन्छौ–
म भागिरहेको छु ।
तर म भन्छु–
‘म लडी रहेको छु’
म–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर
फेरि फर्केर आउनेछु ।
अनि धर्तीलाई
आकाशका फुलहरूको
सौगात चढाउने छु ।’
त्यो दिन–
‘जब म धरतीको माया मारेर
इन्द्रेणीको रङ्गमा भुल्नेछु
धरतीलाई सिँगार्ने व्रत तोडेर
आकाशमा नै डेरा जमाउने छु
त्यो दिन–
तिमीले मलाई
बाँचेको भए पनि ‘मरेको सम्झनु’
मेरा लासमा परैबाट
डुङ्गाले हानेर ‘फर्केर जानु’
तिमीले किन बिर्सन्छौ– ?
‘म माटामा नै जन्मेको हुँ ।’
तिमीले किन पत्याउन्नौ ?
‘म माटोमा नै मर्ने छु ।’
तिमीले मान वा नमान–
आज नभए भोली
धरतीका चट्टानहरूले बताउने छन्–
‘म भागिरहेको छु वा लडिरहेको छु ’

वि.सं.२०१७ साल कार्तिक१७, वाराणसी

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search