Skip to main content

Yug Post

निकासको छैटौँ साधारण सभा सम्पन्न

Advertisement

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो । 

कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ । 

यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको प्रतिवेदन अध्यक्ष प्रमिता खनालले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै विधानमा संशोधन प्रस्ताव सचिव प्रमीला के.सी.ले प्रस्तुत गरी सबै प्रतिवेदनहरू सर्वसम्मतले पारित गरिएको थियो । 

सर्भाइभर्सहरु मात्र संस्थाको सदस्य हुँदै आएकोमा संशोधित विधानअनुसार सर्भाइभर्सहरुको परिवारको सदस्य पनि संस्थाको सदस्य हुन पाउने प्रावधान राखिएको छ । यस प्रकारको प्रावधानले संस्थाको सदस्य सङ्ख्यामा गुणात्मक रूपले वृद्धि हुने अपेक्षा राखिएको छ । 

साधारण सभाको समापन पछि नवनिर्वाचित अध्यक्ष प्रमिता खनालले ‘विगतका कमी कमजोरीहरूमा सुधार गर्दै सर्भाइभर्सहरुको हक र अधिकारका साथै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पनि ठोस योजनाका साथ अगाडि बढ्ने’ बताउनु भयो – ‘विगतका रचनात्मक गतिविधिहरूलाई देशव्यापी रूपमा विस्तार गर्न सशक्त र विशेष योजनाका साथ अग्रसर हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search