Skip to main content

Yug Post

८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

Advertisement

वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् ।

आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।

युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीले दिएका छन् । तीन ओटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् ।

राष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियनमैत्री भनिए पनि मजदुरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ । विश्वभरका कामदारले अटो मजदुरको यो आन्दोलनलाई नजिकबाट नियालिरहेका छन् । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search