Skip to main content

Yug Post

अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

Advertisement

काठमाडौँ । साबिकको विजेता श्रीलङ्का  एसिया कप-2023 को फाइनलमा प्रवेश गरेको छ । 

शुक्रवार बिहान सम्पन्न खेलमा रोमाञ्चक सुपर ४ खेलमा पाकिस्तानलाई  हराउँदै श्रीलङ्का फाइनलमा पुगेको हो । 

श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा श्रीलङ्का डकवर्थ लुइस पद्धति अनुसार २ विकेटले विजयी भएको हो । 

अन्तिम २ बलमा टिमलाई ६ रनको आवश्यकता थियो । चरिथ असालंकाले अन्तिम दुई बलको पहिलो बलमा चौका र दोस्रो बलमा दुई रन हान्दै आफ्नो टिमलाई एसिया कपको फाइनलमा पुर्‍याएका हुन । । श्रीलङ्का ११ औँ पटक वन डे एसिया कपको फाइनलमा पुगेको हो । 

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍यो ।

श्रीलङ्काका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । 

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो । 

साबिकको विजेता श्रीलङ्काले आइतबार भारत सॅंग उपाधिको लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search