बा, चन्द्रमामा पनि दाग हुन्छ भन्छन् तर मैले त तिमीमा खोटै देखिन,
घरको खम्बा तिमी, कमजोर बनेको कहिले देखिन
जन्मे देखि नै बालाई आधा जीवनसम्म देख्न पाइन,
आमाले पेट त भरीदिइन तर पछाडिको मेरुदण्ड को हो पत्तै पाइन ,
सन्तान बाट टाढिदा पिडा त भयो होला मेरा बालाई पनि ,
विछोड के हो भनि आफ्नै भविष्य का निम्ति टाढिदा बुझ्दै छु म पनि
थाहा छैन छोरी भई उनका निम्ति के गरुला,
उनको एकमात्र सपना असल बनि धेरै पढुला
पैसा कमाउन र हाम्रो जिन्दगी बनाउन आधा जिन्दगी नै खर्चेका हाम्रा बा,
आफू हिलो, माटोमा रातदिन खटिएर हामीलाई चिल्ला सडक देखाउने ,हाम्रा बा
आफ्ना सपना त्यागी हाम्रा निम्ति बाचेका छन ,
सुख हामीसामु बाड्छन तर दुख लुकाउदै हिड्छन,
आफ्नो खुसीको परवाह नै छैन उनलाई,न त आफ्नो शरीरको परवाह नै छ उनलाई,
✍️लेखक : हीरा थापा


