Yug Post

सन नेपाल इन्स्योरेन्सकाे ४ दिने SIST तालिम उद्घाटन

Advertisement

राप्ती सोनारी (बाँके) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्पिरिङ रिभर साइड रिसोर्टमा ४ दिने SIST तालिम आज उद्घाटन भएको छ । अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आइतबारदेखि सुरु भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत तथा व्यक्तिगत  वृद्धि गर्न मद्दत पुग्ने बताए।
कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजनल प्रमुख दिपेन्द्र रावत लगायत अतिथिको रूपमा उपस्थित रहेकाे थिए। अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकता बारे प्रशिक्षण दिएकाे थियाे।


अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने,बिक्री तथा सेवा क्षमतामा वृद्धि ल्याउने,अभिकर्तालाई प्राेफेसनल,आधुनिक र प्रविधिमैत्री बनाउने,अभिकर्ता पेशालाई सम्मानजनक र व्यवस्थित पेशाको रूपमा विकास गर्ने,बीमा सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने लगायतका विषय समावेश भएका थिए ।
चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म ) चल्ने यस SIST तालिममा मुख्य प्रशिक्षकको रुपमा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजनल प्रमुख दिपेन्द्र रावतकाे उपस्थिति तथा प्रशिक्षण रहने छ ।
यस तालिमले बिमा अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वास लिएको आयाेजकले जनाएको छ । उक्त कार्यक्रमकाे सहजिकरण सन नेपाल  लाइफ इन्स्योरेन्स नेपालगंञ्ज शाखा प्रबन्धक कमल बहादुर शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search