Yug Post

सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा घनराज खड्का चयन

Advertisement

सल्यान जिल्लाबाट दाङ आई अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध, संगठित र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता विद्यार्थी घनराज खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यार्थी दिपेश खड्काले व्यक्त गर्नुभएको थियो। भेलाको सञ्चालन खेमराज सुनार (सल्यान प्रेसका सञ्चालक तथा सामाजिक अभियानकर्ता) ले गर्नुभएकोथियो।

भेलामा अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) दाङ जिल्ला इन्चार्ज सविन सी सहभागी हुनुहुन्थ्यो। साथै साहित्यकार तथा ने.क.पा एमाले सल्यानका उप–सचिव गणेशमान सिंह, कालिमाटी गाउँपालिका सल्यानका शिक्षा शाखा प्रमुख भरत चन्द, अध्ययनमञ्च दाङका अध्यक्ष सूर्य बी.सी., प्राणमञ्च राष्ट्रिय मासिकका प्रधान सम्पादक पदमप्रसाद पोखरेल, युग पोस्टका कार्यकारी सम्पादक तथा लेखक/युवा अभियानकर्ता टंक प्रकाश के.सी., युग शिक्षा सञ्चालक तथा सम्पादक दिपक बिष्ट, युवा मदन के.सी. र नयाँ दृष्टिका सम्पादक गणेश क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।

भेलाले सल्यान जिल्लाबाट दाङ आई अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गर्दै शैक्षिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक सरोकारका विषयमा सामूहिक आवाज उठाउने, सामाजिक सेवा, राहत तथा उद्धार कार्यमा सक्रिय रहने निर्णय गरेको छ। साथै सरसफाइ, वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी अभियान सञ्चालन गर्ने, अध्ययन, अनुसन्धान, अन्तरक्रिया, बहस तथा वैचारिक कार्यक्रममार्फत चेतनाको विकास गर्ने र साहित्य, कला तथा सिर्जनाको प्रवर्द्धन गर्दै प्रकाशन तथा बौद्धिक उत्पादन गर्ने उद्देश्य तय गरिएको छ। आत्मनिर्भरता, उत्पादन, श्रम, तालिम र स्वरोजगारसम्बन्धी गतिविधिमा पनि सक्रिय सहभागिता जनाउने निर्णय भेलाले गरेको छ।

भेलाबाट २९ सदस्यीय सल्यान–दाङ विद्यार्थी सम्पर्क समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको अध्यक्षमा घनराज खड्का, उपाध्यक्षमा किरणकुमार वली र रिता वली, सचिवमा सुमन बाबु बुढाथोकी, सह–सचिवमा दिपेश खड्का, गणेश सुनार र हेमन्त योगी, तथा कोषाध्यक्षमा दिलमाया घर्ती मगर चयन हुनुभएको छ।
नवगठित समितिले विद्यार्थी हकहित, सामाजिक उत्तरदायित्व र बौद्धिक विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search