Yug Post

अनन्तलाई चुनावी सहयोग गर्न रोल्पा पुगेका पासाङले ३२ वर्षपछी लिवाङको सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो भने

Advertisement

जन यु द्धका चर्चित दुई डुपुटी कमान्डर पासाङ र अनन्त रोल्पा आएका छन् । वर्षमान पुन अनन्त प्रतिनिधि सभाको चुनावमा रोल्पाबाट चुनाब लड्ने भएपछि उनलाई सहयोग गर्ने नन्दकिशोर पुन पासाङ रोल्पा आएका हुन् ।

२०४९/०५० को ग्रामीण वर्गसंघर्षको बेला सदरमुकाम लिवाङमा सार्बजनिक कार्यक्रममा भाषण गरेका पासाङले झन्डै ३२ वर्ष पछी सार्वजनिक कार्यक्रममा बोलेका छन् ।

जनयुद्ध सुरु हुनु भन्दा नै पहिले नै भुमिगत भएका पासाङले जनयुद्ध भर नै सैन्य मोर्चाको भुमिका खेल्दै भुमिगत थिए ।शान्ति प्रक्रिया पछी दुई पटक उपराष्टपति भएकाले पार्टीको तर्फबाट लिवाङ को सार्वजनिक कार्यक्रममा बोल्ने अवसर पाएका थिएनन् ।

आज सहकर्मी अनन्तलाई भारी मतले विजयी बनाउन अपिल गर्दै उनले भने ” २०६४ मा मतदान गरेकाले फेरि एकपटक र त्यतिबेला मतदान नगरेकाले एकपटक गर्न ।”

आगामी फागुन २१ गते हुने निर्वाचनका निम्ति आज माघ ०६ गते देशभर उम्मेदवारी दर्ता भएको छ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।

त्यस मध्ये रोल्पाको एक मात्र निर्वाचन क्षेत्र भएको क्षेत्रबाट अनन्तले उम्मेदवारी दिएका छन् । उम्मेदवारी पछी टुडिखेलमा आयोजित कार्यक्रममा बोल्दै भने ” हामीले चुनाव जिति सक्यौं तर रोल्पाका सबै वडामा जित निकाल्न हामी यसपालि तयारी स्वरूप अगाडी वढ्नु पर्छ । ” उनले भने “मैले रोल्पाको शिर कहिल्यै तल बनाउन दिने छैन त्यो मेरो प्रतिबद्धता हो।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search