Skip to main content

Yug Post

माघे मेला आएका नायक पल शाहले मेला आयोजकलाई नै ५१ हजार सहयोग गरे

Advertisement

घोराही /१ माघ । चर्चित अभिनेता पल शाहले नेपाल मगर सङ्घको भवन निर्माणका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन आफ्नो विशेष प्रस्तुति दिन मेलास्थल आएका नायक शाहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष नेपाल मगर सङ्घ घोराही नगर अध्यक्ष बेदबहादुर बुढा मगरका अनुसार घोराहीमै निर्माण हुन थालेको सङ्घको भवन निर्माण कार्यलाई सहयोग पुग्ने उद्देश्यले नायक शाहले उक्त रकम प्रदान गरेका हुन् ।
घोराही–२ रामपुरमा जन्मिएका नायक पल शाहले आफ्नै गृहजिल्ला दाङको घोराहीमा निर्माणाधीन सामुदायिक भवनका लागि सहयोग गर्दै जन्मभूमिप्रतिको सामाजिक दायित्व निर्वाह गरेको हुन् । चर्चित कलाकार भएर पनि आफ्नो माटो र समुदायलाई नबिर्सिएको भन्दै जिल्लावासी र दर्शकहरूले शाहको प्रशंसा गरेका छन् ।
माघे मेलाको रंगीन माहोलबीच गरिएको यस सहयोगले मेलालाई थप अर्थपूर्ण बनाएको आयोजकहरूको भनाइ छ। पर्यटन, संस्कृति र स्थानीय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘माघे मेला–२०८२’ ले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वको सन्देश पनि प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search