Skip to main content

Yug Post

चीनमा रोबोटिक उपकरणको सहयोगमा ४ हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

Advertisement

चीनको एक मेडिकल टोलीले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभ–जी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ । उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीमा रहेको एक अस्पतालमा दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ । उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगेर पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए ।

टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागि सात मिनेट भन्दा कम समय लागेको खबरमा उल्लेख छ । शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search