Yug Post

थुप्रै आधार र नजिर नहेरी महरालाई कारागार चलान गरियो

Advertisement

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहसमा महराको तर्फबाट सुरुमा अधिवक्ता सोमनाथ सापकाेटाले बहस गरेका थिए मुरारी सापकोटाले महरालाई भेपमा सुन छ भन्ने अनुमानको भरमा अभियोजन गरिएको दाबी गरे । 

‘कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो’, उनले भने । 

‘सुन तस्करीमा अभियोजन गर्दा यति परिणाममा सुन आएको थियो भनेर भन्न सकेको छैन । कुनै व्यक्तिले सुन थियो भनेको आधारमा मात्रै अभियोजन लिइएको छ,’ अधिवक्ता सापकोटाले भने, ‘डेढ महिना जफत भएको भेप भन्सार कार्यालयमा राखेर अनुमानको भरमा मात्रै अभियोजन गरिएको छ ।’

त्यसपछि पछि अधिवक्ता सोम सापकोटाले बहस गरेका थिए । उनले मुद्दा दर्ता गर्न वारदात स्थापित हुनुपर्ने जिकिर गरे ।

‘अभियोजन गर्न माल बस्तु जफत हुनुपर्छ त्यो देखिँदैन,’ सापकोटाले भने, ’भेपमा सुन थियो भनेर कथा बुनेको आधारमा मुद्दा दर्ता भएको छ ।’ सुन तस्करीको विषयमा बनेको जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई प्रमाणको आधारमा लिन नहुने उनले जिकिर गरे ।

महराको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट तीन जनाले बहस गरे ।

जिल्ला सरकारी वकिल कार्यालयले जाँचबुझ आयोगको प्रतिवेदनको आधार र महराको कल डिटेललाई आधार मान्दा अहिले नै छुट दिन नमिल्ने जिकिर गरेको छ । 

सुन तस्करीको आरोपित महराको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका आधारमा भाग्न सक्ने देखिएकाले पक्राउ गर्नु परेको दाबी सरकारी वकिलको कार्यालयले दाबी गरेको छ । 

तीन जना सरकारी वकिलले बहस गरेपछि महराको तर्फबाट जवाफी बहसमा अधिवक्ता चन्द्र गुरागाईँले हचुवाको भरमा महराविरुद्ध अभियोजन गरेको दाबी पेस गरे ।

‘सुन तस्करीमा महरालाई किन अभियोजन गर्नु परेको हो सरकारी वकिलहरूले स्पष्टसँग राख्न सकेको देखिँदैन,’अधिवक्ता गुरागाईँले भने, ’मात्रै जाँचबुझ आयोगको प्रतिवेदन र सुन थियो भनी अन्दाजको आधारमा प्रतिवादी बनाएको छ ।’ 

तसर्थ महरालाई सामान्य तारेखमा छोड्नु पर्ने उनले जिकिर गरे । गुरागाईँको बहसपछि वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले जवाफी बहस गरेका छन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले महराको सुन तस्करीमा कुनै संलग्नता नदेखिएको भन्दै सामान्य तारेखमा छाड्नु पर्ने जिकिर गरेका छन् ।

अन्तमा न्यायाधीश सरकारी वकिलकै कुरामा विश्वस्त भए। महरालाई कारागार चलान हरे । बाहिरै बसेर मुद्दा लड्न पाउँन सक्ने कयौं आधार र नजिर हुँदाहुँदै पनि कारागार पठाउनु महरा प्रति अन्याय भएको सामाजिक संजालमा चर्चा छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search