Yug Post

माओवादी भित्रको जेनजीले पार्टी पुनर्जागरण अभियान थालनी

Advertisement

नेकपा (माओवादी केन्द्र) भित्रको नयाँ पुस्ता ‘जेनजी’ ले पार्टी पुनर्जागरण अभियानको थालनी गरेको छ।

माओवादी पार्टीमा पहिल्यै देखी जमेर बसेको गुट, फुट र स्वार्थ समुहले प्रभावित बनाएको छ । यसलाई जेनजी आन्दोलनको राप र तापको बेला फाल्नु पर्ने महसुस गरेर माओवादी जेनजिले पहल गरेको छ।

माओवादी पार्टी र माओवादी आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउँदै यो पुस्ता माओवादीलाई फेरि एकीकृत र शक्तिशाली बनाउन मैदानमा उत्रिएको हो।

अखिल (क्रान्तिकारी) नेतृ तथा पूर्व जनमुक्ति सेना सन्तान स्मृति तिमिल्सिनाको नेतृत्वमा सुरु गरिएको अभियान केही दिनमै देशका ७७ वटै जिल्लामा फैलिएको छ। उनले सामाजिक सञ्जालमार्फत माओवादीको बलिदान र मूल्य हाइज्याक भएको भन्दै अबको पुस्ताले त्यसको रक्षा गर्नुपर्ने बताएकी छिन्।

“म एक्लै भए पनि माओवादी लथालिङ्ग हुन दिन्न,” स्मृतिले फेसबुकमा लेखेकी छिन्, “सुतिरहेको माओवादी अब जाग्छ, उठ्छ, र दौडिन्छ।”

उनको यो अपिल सार्वजनिक भएको २४ घण्टाभित्रै देश–विदेशमा रहेका हजारौं माओवादी समर्थकले साथ र समर्थन जनाएका छन्। यो अभियानले पार्टीभित्रको स्थिरता, नेतृत्वप्रतिको जिम्मेवारी र नयाँ पुस्ताको भूमिकाबारे नयाँ बहस पनि सुरु गराएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search