Yug Post

पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियता पूर्वक खटिन प्रचण्डको निर्देशन

Advertisement

प्रचण्डले पार्टीका सबै तहहरूलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन् ।

प्रचण्डले सामाजिक संजाल फेसबुक मार्फत निर्देशन द
दिदै भनेका छन् ´ यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। आज (शनिवार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको छ, र यो क्रम अझै जारी रहने अनुमान गरिएको छ। यी चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको देखिन्छ।`

उनले भनेका छन् ´कतिपय नदीले खतराको रेखा पार गरिसकेका छन्। लगातार पानी परिरहेकाले पहिरो र बाढीको जोखिम अझ गहिरिँदै गएको छ। यस अवस्थामा म माओवादी केन्द्रका सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन गर्दछु।`

´यतिखेर पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग (YCL) का हजारौं कार्यकर्ता विपद प्रतिकार्यमा खटिएका छन् । म पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ–सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्दछु। अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। उनीहरूको खानबस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकायहरू र आम नागरिकलाई समेत सहयोगको आग्रह गर्दछु।`

उनले भनेका छन् ´ मुलुकले सामना गरिरहेको यो विशेष विपद्–परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न विशेष अनुरोध गर्दछु। साथै, सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजले आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न पनि हार्दिक अपिल गर्दछु।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search