Skip to main content

Yug Post

रेशम पुन लाई प्रश्न : दशै कसरी मनाउँदै हुनुहुन्छ ?

Advertisement

१- नेपालीहरुकाे प्रमुख चाड दशै  प्रति तपाईको दृष्टिकोण के हो ?

मेरो दृष्टिकोणमा दशैं तथा दिपावली  सामाजिक संस्कृति हुन्। संस्कृतिको रुपमा मनाउनु पर्दछ। तर आज भोलि संस्कृतिमा समेत राजनीतिकरण अनि व्यापारीकरण भएको छ। यस्तो हुनु सकारात्मक पक्ष होइनन्।

२-तपाईंले दशैलाई कसरी मनाउदै हुनुहुन्छ?

विशुद्ध सामाजिक  सदभाव र संस्कृतिको रूपमा मनाउँछु। दर्शन या सिद्धान्तको रुपमा मान्दैन।

३- हिन्दु नेपालीहरु देश तथा विदेशमा दशै मनाउँदै छन याे अवसरमा जनतालाई के  सन्देश दिनुहुन्छ ?

दसैं  हाम्राे चाडपर्वहरुको हकमा हामीले मुख्यतः निम्न विषयमा ध्यान दिनु पर्दछ भन्ने ठान्दछु।
पहिलो,परम्परागत चाडपर्वहरुका अवैज्ञानिक र रुढीवादी पक्षहरुलाई हटाउँदै जानु पर्दछ।
दोस्रो,चाडपर्वहरू किफायती र सरल  बनाउनु पर्दछ।
तेस्रो,भुइँ मान्छेहरुलाई लुट्ने दलाल र उपभोक्तावादी संस्कार अनि खुल्ला बजार अर्थतन्त्रको नियमन गरिनु पर्दछ।
यसकारण आजको युगमा पनि देवी,राम,हनुमान,येशू र अल्लाह आउँछन् अनि तिमीहरूलाई मुक्ति दिन्छन् भनेर सिकाउने कि विज्ञान प्रविधि सिकाउने ? हामी सबैलाई थाहा छ विज्ञान र प्रविधिको प्रयोग बिना आजको संसारमा अगाडि बढ्न सम्भव नै छैन। हामीहरुले त्यो समयमा  यस्ता कथाहरु पनि थिए भनेर इतिहासको रुपमा पढ्न र पढाउन सकिन्छ। तर अन्धता र  रुढीवादी विचारहरु हाम्रा सांकृतिक परम्परा तथा पर्वहरुबाट हटाउनुपर्छ।  तिनीहरुलाई विशुद्ध सामाजिक संस्कृतिको रुपमा मनाउनु पर्दछ। पर्वहरू किफायती बनाउनु पर्दछ। पन्ध्र दिनसम्म मनाउने कुरालाई दुई वा एक दिन मनाउँदा पनि हुन्छ। यस्ता गम्भीर विषयहरुमा सचेत र युवापुस्ताले सामाजिक रुपान्तरण अभियान नै चलाउनु पर्दछ।
संसारका सबैभन्दा धनी मध्येमा पर्ने देशहरू वर्षमा एक दिन मात्र पर्व मनाएर खर्च गरिरहेका हुन्छन्। हामीहरु दर्जनौं दिनसम्म खर्च गरिरहेका हुन्छौं। यहाँ त  राजनीतिक दलहरू र सरकारको समेत  कस्तो हालत भयो भने दसैं वा त्यस्तै अवसरमा खर्च गर्न सिकाउँछ। अरवौं ऋण काढेर कर्मचारी  र संसदहरुलाई समेत दसैं खर्च रकम दिने परम्परा चलाएको छ। यो बिल्कुलै ठीक होइन। भुइँ मान्छे अनि गरीब किसानहरुलाई कस्ले दिन्छ ? राज्यले सबै नागरिकहरुलाई समान व्यवहार गर्न सक्नु पर्दछ।
तसर्थ विचारधाराको दृष्टिकोणबाट होस् या जनताको आयलाई संरक्षण गर्ने कोणबाट या आम नागरिकहरुको जीवन स्तर सुधार गर्ने कोणबाट समेत सामाजिक, आर्थिक,राजनैतिक रुपान्तरण गरिनु पर्दछ। यस्ता बिषयगरुमा गम्भीरतापूर्वक बहस हुन आवश्यक छ।
अन्त्यमा देशभित्र वा देशबाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाई तथा आमाबुवाहाहरुमा आउँदै गरेको दशैं,दिपावली तथा छठ पर्वको अवसरमा सुख,शान्ति एवं समृद्धिकाे हार्दिक शुभकामना व्यक्त गर्दछु।

युगपाेष्टले समय सन्दर्भमा विविध र समसामयिक विषयमा बहस र धारणा सार्वजनिक गर्ने ३ प्रश्न कार्यक्रम अन्तरगत नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र )राेल्पा जिल्ला संयाेजक रेशम पुन ( चट्याङ ) संक्षिप्त दशैबारे धारणा ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search