Yug Post

फिंगरप्रिन्टले मात्र खुल्ने ब्राको भिडियो भाइरल

Advertisement

काठमाडौं । सोसल मिडियामा पछिल्ला दिनमा एउटा अनौठो भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा दाबी गरिए अनुसार जापानमा एउटा यस्तो ब्रा बनेको छ, जो केवल फिंगरप्रिन्टले मात्र खुल्दछ ।

नारीद्वेषी जस्तो लाग्ने यो प्रडक्टको नाम एन्टी चिटिङ्ग ब्रा राखिएको छ । इन्स्टाग्राममा उक्त भिडियो लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले यो बजारमा उपलब्ध वास्तविक ब्रा नै हो कि भन्ने ठानेका छन्।

भिडियो फूटेजमा एक हातमा ब्रा को फित्ता अड्काउने क्लास्प देखिन्छ । उक्त हुक त्यसबेला सम्म लक रहन्छ, जबसम्म त्यसमा जोडिएको डिभाइसमा फिंगरप्रिन्ट लगाइँदैन । जब सही तरिकाले हुकसँगै राखिएको सेन्सरमा फिंगरप्रिन्ट स्क्यान गरिन्छ, तबमात्रै ब्राको फित्ता खुल्दछ । यसको उक्त प्रविधिका कारण कतिपयले यसलाई टच आइडी ब्रा पनि भनेका छन् ।

भिडियोमा साँच्चिकै बजारमा उपलब्ध भएको जस्तै गरी प्रस्तूत गरिएको यो ब्रा वास्तविकता भने फरक छ । यो कुनै बजारमा बिक्रीका लागि राखिएको ब्रा होइन । एकजना जापानी व्यक्तिले यो चिज बनाएका हुन् । स्नोप न्यूज वेबसाइटका अनुसार उक्त ब्रा तयार गर्ने युजी आइजावा (ZAWAWORKS) ले आफूलाई भ्रामक आविष्कारकको नामले चिनाउँछन् ।

आइजावाले हास्यास्पद तथा काल्पनिक खालका ग्याजेटहरु बनाउँछन्, जो वास्तविक प्रयोगका लागि नभई केवल प्रोटोटाइपको रुपमा मात्र देखाइन्छ । त्यसैले यो ब्रा पनि एउटा ठट्यौली अवधारणा थियो ।

फिंगरप्रिन्टले खुल्ने ब्राको उक्त भिडियो पहिलोपटक उनी आइजावाले गतवर्षको जुलाई १९ मा सोसल मिडिाय प्लाटफर्म एक्समा पोस्ट गरेका थिए ।

भिडियो पोस्ट गर्दै उनले लेखेका थिएः मैले चिटिङ रोक्नका लागि फिंगरप्रिन्ट पहिचान गरी खुल्ने ब्रा बनाएको छु । अब केवल तपाइँको ब्वायफ्रेण्डले मात्रै यो खोल्न सक्नेछ ।

उक्त ब्रामा आफूले M5Stack नामक फिंगरप्रिन्ट किटको प्रयोग गरेको उनको भनाइ छ । तर पछि उनले उक्त ब्रा केवल एउटा प्रोटोटाइप मात्र रहेको र आफ्नो उद्देश्य केवल मानिसहरुलाई हँसाउनु रहेको बताए ।

आविष्कारक आइजावाले जापानमा विभिन्न कमेडी शो र प्रदर्शनीहरुमा आफ्ना अनौठा आविष्कारहरु प्रदर्शन गर्ने गर्दछन् । उनका वेबसाइटमा यस्ता कैयन् अनौठा तथा काल्पनिक खालका आविष्कारहरु छन् ।

आइजावाको एन्टी चिटिङ ब्रा निकै आलोचित पनि बनेको छ । यसलाई महिला विरोधी भनेर सोसल मिडियामा विरोध गरेका छन् । उक्त ब्रा ले आविष्कारकको महिलाप्रतिको तल्लो स्तरको सोँचलाई उजागर गरेको र उनले जानीबुझीकन महिलालाई तल पार्नका लागि यस्तो खालको प्रडक्ट बनाएको कतिपयको आरोप छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search