Skip to main content

Yug Post

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

Advertisement

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिनुभएको छ । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् ।

उनको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरिक्षक बमले बताउनुभयो । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान ६ बजेको समयमा चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search