Yug Post

दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

Advertisement

दाङ २४ साउन । दाङको दुधरासमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

शनिबार बेलुकी साढे ७ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा तुलसीपुर–१८ दुधरासमा दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा परि लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षका देवराज चौधरीको मृत्यु भएको छ ।

मृतक चौधरीको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा गहिरो चोट लागेको थियो । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा साढे ९ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परि प्र.०२–००१ प ११२१ मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षका नवराज पौडेल घाइते भएका छन् । उनको दुवै हात खुट्टा, टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

यस्तै सोही मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षका रोशन पण्डित पनि घाइते भएका छन् । उनको दुवै हातखुट्टा,टाउको र मुखमा चोट लागेको छ । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन अस्थाइ प्रहरी पोष्ट बेलझुण्डीको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search