Yug Post

रोल्पा रानागाउँ चुनढुंगा विवाद , कोहि हस्पिटल भर्ना कोहि थुनामा

Advertisement

समाचारदाता ,श्रावण १७ – रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३, रानागाउँका स्थानीयवासीहरू बिच चुनढुंगाको कारण हातपात देखि मुद्दा मामिलामा सम्म पुगेको छ।

भावना घर्ती, सागर विक, बुद्धिमान विक, हरिप्रसाद बाँठा, नारायण विक, किरण विक, यामबहादुर राना, मनसरा सुन घर्ती पुन, मंगल विक, दीपक बुढा, भुमा विक, चन्द्र गिरी, प्रकाश घर्ती, गौमति घर्ती, सम्मेस रामा दिलसरा घर्ती, खिरमाली राना, दिलकुमारी राना, रमेश राना, भूपबहादुर थापा, जसबहादुर बुढा, गुरु घर्ती, किमा विके, कमल घर्ती, अर्जुन विक र मनबहादुर रानालगायत २५ जनाले संयुक्तरूपमा खानी सञ्चालन गर्ने पक्षले विगतमा स्थानीयवासीहरू सँग भएका सम्झौता तथा सहमति कार्यान्वयन नगरी उल्टै धम्की, त्रास र दुव्र्यवहार गर्दै आएको जनाइएको छ। खानी तथा उद्योगसँग सम्बन्धित संचालक प्रेम पुन, लिलाधर वली, रामबहादुर खड्का लगायतले मार्न धम्की दिएको भन्दै गाउँपालीकामा निवेदन दिएका छन्

यसरी गाउँपालिकामा ज्यान सुरुक्षा माग्ने सागर बिकको टिमले नै बिहिवार साँझ ९ नै बजेतिर स्थानीय युलाल रानालाई कुटपिट गरेर उनी घाइते भै अस्पतालमा उपचाररत छन् ।

आक्रमणकारी सागर बिकले उल्टै मेरो श्रीमतीलाई युलाल रानाले बलात्कार गर्न कोसिस गर्‍यो भन्दै निवेदन दिन कोइला प्रहरी चौकी पुगेका थिए। सागर बिकलाई पटकपटक अरुलाई स्वास्नी प्रयोग गरेर अनावश्यक आरोपित गर्ने । भन्दै प्रहरीले नियन्त्रण लिएको युलाल रानाले युगपोष्टसँग बताएका छन् ।

यसरी हेर्दा चुनढुंगासँग सम्बन्धित केहि बाहिरका मानिसले गर्दा रानागाउँ चिरा चिरा भएर हात हालाहाल र मुद्दा बोक्ने बोकाउने स्थिति सम्म पुगेको छ। विवाद मिलाउने भन्दै स्थानीय जनप्रतिनिधि देखी केन्द्र संघीय उधोग मन्त्री दामोदर भण्डारी सम्मको लावालस्कर लाग्यो । हामी समाधान गर्छौं भने तर समाधान भएन ।

खानीमा आन्दोलन चलिरहेका बेला गाउँपालिका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमणी डाँगीले खानी संचालक पिएल सांघाईसँग २ करोड चुनाब खर्च मागेको खुल्न आयो । त्यो कुरा उधोग मालिक साँघाईले उधोग मन्त्रालयमै मन्त्री दामोदर ,कर्मचारी,पालिका अध्यक्ष उपाध्यक्ष सहितको बैठकमै बताएका थिए । त्यो कुरा सँगै रोकिएको आन्दोलन र खानी संचालन फेरि सुरु भएसंगै नयाँ घटनाक्रम बिकास भएका छन् ।

एमाले पार्टी बैठकबाट त्योकिएको संघर्ष समितिका नयाँ संयोजक अर्जुन कुमार ओलिलाई युगपोष्ट्ले यसको समाधान दिन सक्नुहुन्छ ? भनी सोध्दा उनी भन्छन् ” स्थानीय भन्दा बाहिरका मान्छेले नबिगार्ने हो भने समाधान दिन सकिन्छ ” भन्दै जनप्रतिनिधि ,नेता र असम्बन्धित मान्छेका कारण समस्या भएको संकेत गरे

खानी उधोगले तत्काललाई १७ घरको जग्गा किन्ने सहमति अनुसार स्थानीय जग्गा बिक्रीका लागी सिपासिस लिन वडा कार्यालयमा जादा सिपारिस नदिन भनी त्यहिको स्थानीयले निवेदन दिएको कारण सिफारिस नदिएपछि जग्गा खरिद गर्न नसकेको खानी संचालन प्रतिनिधिले युगपोष्टसँग बताएका छन् ।
साहेद आज सम्म १७ घरको जग्गा खरिद बिक्री गर्न नरोकिएको भए अर्को लटको जग्गा खरिद गर्ने समय आई हाल्थ्यो भनेर एक स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search