Skip to main content

Yug Post

आज पहिलो राष्ट्रिय काेदाे दिवस मनाइदै

Advertisement

काठमाण्डौ – कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ ।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।

कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ ।

पानी नपरेर धान रोपाइँ हुन नसकेको मधेशलगायतका ठाउँमा वैकल्पिक बालीको रुपमा कोदो खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा.बालकृष्ण जोशीका अनुसार सुक्खा क्षेत्रमा अब कोदोजन्य बाली विकल्प हुन सक्छ । तर धेरै किसानले एकैपटक समस्या भोगेकाले यी वैकल्पिक बालीको बीउ अभाव हुने देखिन्छ ।

कोदोजन्य बालीअन्तर्गतका कोदो, चिनो, कागुनो, सामा, जुनेलो, धानकोदोलगायतको विस्तार गरी खेती बढाउन सकेमा खाद्य सुरक्षाको आधार बन्ने विज्ञहरु बताउँछन् ।

यसले खाद्य सुरक्षासँगै स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, वातावरण सुरक्षालगायतमा पनि टेवा पुर्‍याउँछ ।

कम पानी, थोरै मल, कम मेहनतमा पनि सहजै र देशैभर उत्पादन गर्न सकिने कोदोजन्य बालीको उत्पादन बढाउन दिवसको एक दिन मात्र नभएर अब अभियानकै रुपमा कार्यक्रम लैजानुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search