Skip to main content

Yug Post

गढवा गाउँपालिका–५, जमुनीबासमा बाइक दुर्घटना हुँदा दुई जना घाइते

Advertisement

दाङ, ८ साउन । दाङको देउखुरीस्थित गढवा गाउँपालिका–५, जमुनीबासस्थित कोइलाबास हुलाकी सडकखण्डमा आज बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवक गम्भीर घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय गढवाका अनुसार बिहीबार बिहान २स्१५ बजेको समयमा भे २ प ८१५६ नम्बरको मोटरसाइकल जमुनीबास पुलबाट अनियन्त्रित भई तल खस्दा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन् । दुर्घटनामा परेका दुबै जना राजपुर गाउँपालिका–२, बेला निवासी २८ वर्षीय जीवन विक र सोही ठाउँका २८ वर्षीय खुमबहादुर खड्का रहेका छन् ।

दुर्घटनापछि दुवैको टाउको र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचार लमही र घोराहीका अस्पतालमा गरिएको भए पनि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । प्रहरीका अनुसार रातको समयमा सांस्कृतिक कार्यक्रम (नाच) हेरेर फर्किने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search