Skip to main content

Yug Post

रुकुम पुर्वमा बिषालु च्याउ खाँदा दुईको मृत्यु थप दुईजनाकाे उपचार हुदै

Advertisement

रुकुम पूर्व – रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । भूमे गाउँपालिका वडा नम्बर ५ सेराबाङका ३ वर्षका योजन विक र ६ वर्षकी भाग्यरेखा विकको ज्यान गएको हो ।

योजनको हिजो दिउँसो र भाग्यरेखाको गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मृतकका आमा ३५ वर्षकी रामकुमारी सुनार र उहाँकी छोरी ९ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

साउन २ गते जङ्गलबाट ल्याएर च्याउ खाएपछि बिरामी भएकामा उनीहरू साउन ५ गते मात्र उपचारका लागि रुकुम पूर्व अस्पतालमा पुगेका थिए ।

अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । दुई जनाको उपचारका क्रममा ज्यान गएको र बाँकी दुई जनालाई नेपालगञ्जमा रहेको भेरी अस्पताल पठाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search