Yug Post

हमासले विपिन जोसि सहित ४८ इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गर्‍यो

हमासले विपिन जोसि सहित ४८ इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गर्‍यो

हमासले विपिन जोसि सहित ४८ इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गर्‍यो

हमासले ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर सार्वजनिक गरेको छ ।  इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जनाएको छ ।  टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।  हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ, ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’ सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad”  राखिएको छ। 
Read More
जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता

जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता

काठमाडौं : काठमाडौंमा भएको जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता भएका छन्। हुम्लाको नाम्खा गाउँपालिका-३, खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २४ वर्षीय थुक्तेन पाल्वर तामाङ सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार, भदौ २४ गते दिउँसो २ बजे उनी बौद्धमा भएको प्रदर्शनमा सहभागी हुन कोठाबाट निस्केका थिए। उनका बुबा टासी छिरिङका अनुसार, होटेलमा काम गर्ने थुक्तेन बिहानको सिफ्ट सकेर कोठामा आएलगत्तै आन्दोलनमा जान्छु भनी निस्केका थिए, तर त्यसपछि उनी फर्किएनन्। छोरा ११ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले काठमाडौंका विभिन्न स्थानमा खोजी गरे पनि फेला पार्न सकेको छैन। ‘जेन-जी प्रदर्शनमा गएको छोरो आजसम्म फर्केन, जहाँ भए…
Read More
जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको हो : प्रचण्ड

जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको हो : प्रचण्ड

जेनजिले राखेको माग हामीले १० वर्ष पहिले नै राखेको बताएका छन् । जेनजी आन्दोलनकारी लाई स्मरण गराउदै प्रचण्डले भने " १० वर्ष अघि हामीले दर्ज गरेको फरक मत र अहिले जेनजी आन्दोलनले राखेका मागमा समानता छ।" "त्यतिखेर संविधान सभामा हाम्रो संख्या पुगेन हामी सम्झौता गर्नु पर्‍यो तर हामीले हाम्रा असहमतिहरुलाई लिखित र फरक मतको रुपमा इतिहासको अदालतमा दर्ज गरेका छौँ " अहिले जेनजिले मागेका प्रत्यक्ष कार्यकारी हाम्रो त्यतिबेलाको सबैभन्दा मुख्य फरक मत थियो । माओवादीले भनेको अन्य दलले मानेको भए अहिले जेनजिले रगत बगाउनु पर्ने थिएन देशले फड्को मारेको हुनेथियो ।
Read More
साह्रो डराउनेहरुले देशको नेतृत्व लिने रे ?  भन्दै बालेनलाई हर्कको प्रहार

साह्रो डराउनेहरुले देशको नेतृत्व लिने रे ? भन्दै बालेनलाई हर्कको प्रहार

साह्रो डराउनेहरुले देशको नेतृत्व लिने रे ? " भन्दै बालेनलाई हर्कले लगायतिए आरोप नेजजी आन्दोलन पछी देशको नेतृत्व म गर्छु भन्दै धरान बाट काठमाडौ पुगेका हर्क सापाङलाई बालेनले ब्याक हानेपछी बालेनसँग चिडिएका हर्क सामाजिक संजाल बाट निरन्तर प्रहार गरिरहेका छन् । डरपोक्कको मान्छेको आरोप लगाएका छन् उनले भनेका छन् "लुकेर बस्ने डरपोकले भोलि पार्टी बिस्तार गर्दा गाउँगाउँमा पुग्ने साहस गर्ला त ? कि स्टेटसबाटै संगठन बिस्तार गर्ला त्यस्ले ? 🤣🤣🤣 गरीबलाई देख्नै नमान्ने, खेदाइ हाल्ने त्यस्ले गरीबको बस्तीमा के गर्ला ?" आज राती अर्को स्टेट्स लेखदै भने "निर्दोष अबोध युवापुस्तालाई उकासेर उनीहरुको रगतमा होलि खेल्नेहरु अझै लुकिराछन् ! होइन के…
Read More
जेन जि आन्दोलन पछि सबैभन्दा शुद्ध र राम्रो पार्टी माओवादी हो : सिजल

जेन जि आन्दोलन पछि सबैभन्दा शुद्ध र राम्रो पार्टी माओवादी हो : सिजल

माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा कार्यकर्तालाई प्रष्ट पार्ने रोल्पा तीब्र पारेको छ। यस क्रममा प्रमुख अतिथि सिजलले भने अहिले सबैभन्दा शुद्ध र राम्रो पार्टी माओवादी मात्र भएको बताएका छन् । आज माडी गाउँ पालिका र परिवर्तन गाउँ पालिकाको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नन्द बहादुर पुन 'आनन्द' को अध्यक्ष र सन्चालक - हरिप्रशाद बुढा मगर सम्बेग को संचालनमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि -पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र कुमार पुन 'सिजल' ,विशिष्ट अतिथि - राजबहादुर बुढा मगर 'अबिनास' अतिथि पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य - जय बहादुर घर्ति मगर, अतिथि जिल्ला पार्टी संयोजक रेशम पुन 'चत्याङ'…
Read More
घोराहीले सुरु गर्‍यो खुल्ला आकाश मुनि बाटै सेवा दिन

घोराहीले सुरु गर्‍यो खुल्ला आकाश मुनि बाटै सेवा दिन

घोराहीले सुरु गर्‍यो खुल्ला आकाश मुनि बाटै सेवा दिन दाङ । जेनजि आन्दोलनका क्रममा घोराही उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड हुँदा सेवा प्रवाह अबरुद्ध भएको थियो ।आज बाट खुला आकाश मुनि बसेर पुनः सेवा सुचारु भएको छ । नगर प्रमुख नरुलाल चौधरीले जलेर नष्ट भएका आफ्नै कार्यकक्ष सहितका कोठा प्रयोग गर्न नसकिने भएपछि कार्यालय परिसरमै कुर्सी र टेवुल राखी सेवा प्रवाह सुरु गरेका छन् । आगजनीले कार्यालय भवन क्षतिग्रस्त भए पनि नागरिकलाई आवश्यक सेवा रोक्न नहुने भन्दै चौधरीले खुला आकाशमुनि नै सेवाप्रवाह थालेका हुन् ।
Read More
लिवाङ बाट राङसि जाँदै गरेको फोर्स जिब दुर्घटना

लिवाङ बाट राङसि जाँदै गरेको फोर्स जिब दुर्घटना

लिवाङबाट राङसि जाँदै गरेको फोर्स जीव दुर्घटना भएको छ। आज रोल्पा लिबाङ देखि राङ्सि जाँदै गरेको फोर्स जिव आज रोल्पा नगरपालिका ८ जङ्कोट रङमसि भन्ने ठाउँमा दुर्घटना भएपनि मानविय क्षेति भने भएको छैन । घटना स्थलबाट घाइतेहरूको उपचारको लागि रोल्पा अस्पताल रेउघा पठाईएको छ । घाइतेहरुको पूरा विवरण आउन बाँकी
Read More
जसले फाल्यो उसैको कुर्सीमा पुगे कुलमान घिसिङ

जसले फाल्यो उसैको कुर्सीमा पुगे कुलमान घिसिङ

  काठमाडौं । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बखास्त कुलमान घिसिङ ऊर्जा मन्त्रीका रुपमा सोमबार सिंहदरबार ‘इन्ट्री’ भएको छ । उनी चैत ११ मा विशेषगरी ओली र ऊर्जामन्त्री दीपक खड्कासँग द्वन्द्व बढेसँगै  बर्खास्तीमा परेका थिए । जसले बर्खास्त गर्‍यो, छ महिनापछि उसैको कुर्सी घिसिङलाई मिलेको छ । उनी ४ महिना कार्यकाल बाँकी रहँदा बर्खास्तमा परेका थिए । घिसिङ सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वकर्ता बनेका छन् । भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनबाट ओली सरकार हटेसँगै देशले सुशीला कार्कीको नेतृत्व पाएको छ । उनै कार्कीको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा…
Read More
माओवादीसँग एकताको लागी नेकपाले वार्ता टोलि बनायो

माओवादीसँग एकताको लागी नेकपाले वार्ता टोलि बनायो

विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र )सहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो । वर्ता टोली सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । पार्टीको निर्णयबारे बुढाथोकीले भने– ‘माओवादी केन्द्र लगायत कम्युनिस्ट पार्टीसँग एकता, ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्य वार्ता टोली बनाइएको छ ।’
Read More
सञ्चार मन्त्रीको घर आगजनी

सञ्चार मन्त्रीको घर आगजनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए । ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search