१८ बैशाख २०८२ १४:५५
१८ बैशाख २०८२ १४:५५
नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमति प्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असहमति जनाउँदै पुन: आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ। चैत २० देखि काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको भएको वार्तामा नौबुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम बन्द गरेको छ। त्यसको भोलिपल्ट बिहीबार (वैशाख १८ गते) बिहान नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी सहमति र आन्दोलन फिर्ता अस्वीकार गरेको हो। विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९औँ दिनप्रश्चात् मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको…