२४ बैशाख २०८२ १४:३१
२४ बैशाख २०८२ १४:३१
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले ब्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताएका छन्। बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको गोरखापत्रले स्वतन्त्रतापूर्वक पत्रकारिता गरिरहेको बताएका छन्। उनले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको आरोप लगाए। उनले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताए। पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरू नै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताए। गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उनको…