५ मंसिर २०८१ १९:०७
५ मंसिर २०८१ १९:०७
काठमाडौँ —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको नाम फिर्ता लिने दिन बुधबार बिहान ९ बजेपछि माओवादी केन्द्रबाहेकका उम्मेदवारले नाम फिर्ता लिएका हुन् । यो वडामा माओवादी, एमाले-कांग्रेस गठबन्धन र एक स्वतन्त्रले मनोनयनपत्र दर्ता गराएका थिए । बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने र दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने त्यसपछि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने स्थानीय तह उपनिर्वाचन कार्यतालिका थियो । कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले´ हाम्रो वडा हिमाली क्षेत्रको भएको र यसको विकासको निम्ति हामी…