९ जेष्ठ २०८१ १८:०४
९ जेष्ठ २०८१ १८:०४
काठमाडाैं :नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी छानबिनको माग गर्दै काठमाडौंमा सडक प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 'संसद्मा पहिले देखिनै कांग्रेसले यो माग राखेको छ । तर सरकारले बेवास्ता गरेको छ भने सभामुखले पनि तटस्थ भूमिका निभाएका छैनन्,' विश्वकर्माले कान्तिपुरसँग भने, 'सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ…