२६ असार २०८१ १३:५७
२६ असार २०८१ १३:५७
कर्णाली प्रकृतीको प्रचुर र अनुपम प्राकृतिक सम्पदाका साथै भेषभुषा,जातजाती र साँस्कृतिक पहिचान सम्भावना बोकेको प्रदेश हो । कर्णाली प्रदेश प्राकृतिक सौन्दर्यताका साथै धार्मिक,ऐतिहासिक,साँस्कृतिक रुपमा विशिष्ट महत्व बोकेको छ । साविक कर्णाली भेरी र साविक राप्तिका २ वटा गरेर १० वटा जिल्लाहरु मिलाएर बनेको कर्णाली प्रदेश भौगौलिक रुपमा नेपालकै सबैभन्दा ठुलो प्रदेश हो । कर्णाली प्रदेशको क्षेत्रफल ३०,२११ वर्ग कि.मि रहेको छ । कर्णाली प्रदेश भौगोलिक रुपमा हिमाली,पहाडी र चुरे पर्वत मिलेर बनेको छ । भौगोलिक रुपमा विकास सुविधाको पहुचबाट अझै कर्णाली टाढा नै छ । प्राकृतिक सम्पदाका अनुपम उदारण कर्णालीमा धैरै पाउन सक्छौ । कर्णाली बदल्ने समृद्धीको आधार यहाँका पर्यटन,कृषी,जडिवुटी…