Yug Post

 दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुलबहादुर बस्नेतको मृत्युु

 दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुलबहादुर बस्नेतको मृत्युु

 दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुलबहादुर बस्नेतको मृत्युु

दाङ,२० साउन। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुलबहादुर बस्नेतको मृत्युु भएको छ । शनिबार घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही– ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । आफन्तले भने दोषीलाई कारवाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध गरेका छन् । घटना स्थलमा आफन्तहरुले सडक अबरुद्ध गरेका छन् ।
Read More
अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको अध्यक्षमा खेमराज रोका मगर  निर्वाचित

अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको अध्यक्षमा खेमराज रोका मगर निर्वाचित

अखिल (क्रान्तिकारी ) लुंग्री गाउपालिका रोल्पाको दोश्रो गाउँपालिका सम्मेलनबाट खेमराज रोका मगर अध्यक्षमा निर्वाचित भएका छन् । अखिल( क्रान्तिकारी ) रोल्पाको भदौमा हुने जिल्ला सम्मेलनको तयारीको लागी जिल्ला भरी नै गाउँपालिकाहरुको सम्मेलनमा तीव्रता दिएको छ।हिजो १८ गते सुनिल स्मृति गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न गरेको थियो भने आज १९ गते लुंग्री गाउपालिका रोल्पाको दोश्रो गाऊँपालिका स्तरीय सम्मेलन किलाचौरमा भब्यताका साथ सम्पन्न भएको छ। उक्त सम्मेलनले खेमराज रोका मगरको अध्यक्षतामा २७ सदस्यीय समिती निर्विरोध निर्बाचित गरेको छ। सम्मेलनमा गाउँपालिका अध्यक्ष , पार्टीका नेताहरू र विद्यार्थी नेता सुदर्शन पुन लगायतका थुप्रै नेताहरूको उपस्थिति रहेको थियो ।
Read More
लुम्बिनीका नवनियुक्त मुख्य मन्त्री आचार्य किन देउखुरी छोडेर हप्तामा केहि दिन बुटवलमा बस्ने भए।

लुम्बिनीका नवनियुक्त मुख्य मन्त्री आचार्य किन देउखुरी छोडेर हप्तामा केहि दिन बुटवलमा बस्ने भए।

१९ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश राजधानी दाङको देउखुरी उपत्यका सरेपछि उक्त निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो । बुटवलमा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमै रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यले बताए । मुख्यमन्त्री आचार्यले आफू हरेक शुक्रबार बुटवलमा आउने र आइतबार बिहानसम्म…
Read More
रोल्पामा पहिरोले पुरिएर  दुई जनाको मृत्यु

रोल्पामा पहिरोले पुरिएर दुई जनाको मृत्यु

रोल्पाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४ वर्षीया छोरी माया सुनारको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो । घटनाबारे स्थानीयले प्रहरी चौकी स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए । तर पहिरो झरिरहेको र वर्षा नरोकिँदा राति उद्धार हुन सकेन । देउसिंह भने कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर र पोबाङको टोलीसहित स्थानीयले खोजी गरेका थिए ।
Read More
रोल्पामा पहिरोले पुरिएर दुईको मृत्यु

कर्णाली सडक अवरुद्ध हुदा ३२ दिनपछि नेपालगन्ज बाट पुगे हुम्ला गाडी

कर्णाली सडक अवरुद्ध हुदा ३२ दिनपछि नेपालगन्ज बाट पुगे हुम्ला गाडी

हुम्ला – निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् । विभिन्न ठाउँमा अवरुद्ध भएका सडक चालक र सहचालकले मिलेर मर्मत गरेका हुन् । चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताउनुभयो । उहाँले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताउनुभयो । अर्का चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी ठाउँमा भने आफूहरुले नै काम गरेको बताउनुभयो । नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास…
Read More
झण्डै १८ वर्ष पछि शान्ति प्रक्रिया अन्तिम टुंगो लाग्दै

झण्डै १८ वर्ष पछि शान्ति प्रक्रिया अन्तिम टुंगो लाग्दै

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधयेकमा सहमति जुटेको छ। बिहीबार सिंहदरबार स्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो। कार्यदलका सदस्यहरु गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भएको निरन्तरको छलफलपछि सहमति जुटेको हाे। बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘आज राम्रो उपलब्धि भएको छ। हाम्रा बीचमा मिल्न बाँकी कुराहरु सबै मिलिसकेको छ।’ विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उनको भनाइ छ। द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए। उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा…
Read More
पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको…
Read More
काठमाडौंमा एमाले केन्द्रीय कार्यालय सहित अधिकांश बस्ती डुबानमा

काठमाडौंमा एमाले केन्द्रीय कार्यालय सहित अधिकांश बस्ती डुबानमा

काठमाण्डौ, १६ श्रावन ।  रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् । बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका…
Read More
यसरी साम्य भयो ७० वर्ष देखिको जिल्लाकै १२० रोपनी जग्गा विवाद

यसरी साम्य भयो ७० वर्ष देखिको जिल्लाकै १२० रोपनी जग्गा विवाद

२०१२ साल देखीको स्वर्गीय हरिभक्त खड्का र स्वर्गीय बलजित पुन को विवादको कारण जुंगार मजुवाको १२० रोपनी उर्वर जग्गा दुबै पक्षले आज सम्म प्रयोग गर्न भएका थिएनन् । हरिभक्त खड्का र बलजित पुनको विवाद यति बढ्यो कि भौतिकरुपमा आक्रमण देखि अडाअदालत सम्म पुग्यो र त्यो पहिलो एक पुस्ता त्यसैमा बित्यो ।जग्गा विवाद भएकै कारण १० वर्षीय जनयुद्धमा तत्कालीन नेकपा (माओवादी ) पार्टीले झन्डै १० वर्ष उपयोग गर्‍यो । पार्टी शान्तिकालमा प्रवेश गरे सँगै पार्टीले उपयोग गर्ने छोड्यो तर दुबै पक्षले फेरि पनि आ-आफ्ना जग्गा उपयोग गर्न पाएनन् । त्यही बेला तत्कालीन बैध नेतृत्वको पार्टी नेकपा -माओवादीले हाम्रो पार्टीको हो भनेर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search