Skip to main content

Yug Post

जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

जेनजी त्रिवेणी गाउँपालिका रोल्पाले अस्थायी कर्मचारी हटाउने लगायत ७ बुदे ज्ञापन पत्र बुझायो

आज आइतबार जेनजी समुह त्रिवेणीका संयोजक सन्दीप विश्वकर्माको नेतृत्वमा गएको टिमले त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा र प्रमुख प्रशासकिय अधिकृत चेत नारायण कडेंललाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको छ। पालिका भित्र भएका नितिगत लगायतका भ्रष्टाचार रोक्नुपर्ने , जेनजी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार खर्च कम गर्ने भन्दै अस्थायी ,करारमा रहेका कर्मचारी तत्काल हटाउनुपर्ने ,पालिकाले खरिद गरेका सबै सामाग्रीको भ्याट बिल सार्वजनिक गर्नुपर्ने , पालिकाबाट छुटाएको युवा लक्षित बजेट जेनजिले भने अनुसार छुट्टाउनु पर्ने लगायतका ७ बुदे माग १ महिना भित्र पुरा गर्नुपर्ने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ। यदी हाम्रो माग पूरा नभए कडा आन्दोलन गर्ने संयोजक विश्वकर्माले युगपोष्ट…
Read More
विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारे

विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारे

विप्लव नेतृत्वको नेकपा चिरनले चिरा पारेका छन्। नेता तथा जनवादी गायक चिरन पुन मिलनको नेतृत्वमा आज काठमाडौमा भेला गरी पार्टी बिभाजनको घोषणा गरेका हुन् । ७५ जना केन्द्रीय समिति रहेको उनले बताएका छन् । माओवादी केन्द्र सँग पार्टी एकता गर्नुपर्ने तर विप्लव एमाले तिर सोझिएको कारण कुरा नमिलेको हुँदा पार्टी विभाजन गर्ने!स्थिति आएको युग पोष्ट्सँग बताए। उता चिरनले पार्टी चिरेर हिडेपछी विप्लवका नेता देखी कार्यकर्ता उनलाई तुच्छ किसिमको आरोपको वाढी आएको छ। भरत बम फेस्बुकमा लेख्छन् । पार्टीबाट मिलन ( चिरन पुन ) को पलायनता बारे - शिर्षकमा लेख्छन् 1) चिरन पुन ( मिलन ) को पार्टीबाट पलायनताले पार्टी एकीकृत…
Read More
जेनजि समुह त्रीबेणी रोल्पा गठन

जेनजि समुह त्रीबेणी रोल्पा गठन

जेनजि समुह त्रीबेणी गापा रोल्पा गठन भएको छ। देश जेन्जीमय भएको अबस्थामा रोल्पाको त्रीबेणी गाउँपालिका भित्रका देश तथा बिदेशमा रहेका जेन्जीहरु मिलेर यो सहु ह गठन गरेका हुन। सन्दिप बिक को नेतृत्त्व ३८ सदसिय समुह गठन भएको छ । यस अझै जोड्दै लैजाने भनेर संयोजक बिक ले बताएका छन। कुनै पनि पार्टी विशेष समुह नरहेको र यस समुहले पालिका भित्र रहेको सबै प्रकारको बिकृती बिरुद्द लड्दै जाने संयोजक बिक ले बताएका छन।
Read More
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही…
Read More
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी

भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग…
Read More
रुकुम पश्चिम गाडी दुर्घटनामा ८ जनाको मृत्यु

रुकुम पश्चिम गाडी दुर्घटनामा ८ जनाको मृत्यु

रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडकखण्डमा भएकाे दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाकाे परिचय खुलेकाे छ । मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीय कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ बर्सीय टेकजंग बुढा, १५ बर्सीया दिलमाया बुढा, १७ बर्सीया मनिका ओली, १८ बर्सीया सर्मिला वि.क., २२ बर्षीया गोपाल ओली रहेकाे प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिनुभयाे । यसअघि ८ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएपनि प्रहरीले भने ७ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । १ जनाकाे सनाखत भएकाे छैन । १० जना घाइते भएका छन् ।  उनीहरूकाे परिचय नखुलेको उहाँले बताउनुभयाे । उहाँका अनुसार…
Read More
तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले…
Read More
आजदेखि नेपाल संवत् ११४६ सुरु

आजदेखि नेपाल संवत् ११४६ सुरु

काठमाण्डाै –  आजदेखि नेपाल संवत् ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गर्नुभएको थियो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवत्को अवसरमा विशेष कार्यक्रम हुँदैछन् । गरीब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।
Read More
सुनको भाउ हालसम्म उच्च ताेलाकाे २ लाख ५८ हजार

सुनको भाउ हालसम्म उच्च ताेलाकाे २ लाख ५८ हजार

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँ रहेको थियो । सुनको भाउ गएको २७ गते सोमवारदेखि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ७५ रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ…
Read More
रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिनजना गम्भीर घाइते भएका छन् । बिहिबार रोल्पा जिल्ला त्रिवेणी गाउँ पालिका घर भै हाल दाङ बस्ने बिरबल केसि उनको श्रीमती कमला केसि डन्डकली ओली र दुर्गा ओली उनको श्रीमती डन्डकली वली वलि सवार दुई वटा बाईक पश्चिमबाट सुपादेउराली जाँदै गर्दा पुर्वबाट आएको टिप्पर ओभर टेक गरेर उहीँ पुर्वबाट आएको बाईकको लेकगाडले ठक्कर दिदा कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिन जना गम्भीर घाइते भएका छन् । दुर्गा ओली, कमला केसि ,डण्डकली वलि गम्भीर घाइते भै अहिले बुटवलमा सघन कक्षमा उपचार भैरहेको र बिरबल वलिको भने त्यति गम्भीर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search