Yug Post

निरपेक्ष गरिवी र आर्थिक सुधारको लागी गाँजा खेतीबारे एक बहस

निरपेक्ष गरिवी र आर्थिक सुधारको लागी गाँजा खेतीबारे एक बहस

निरपेक्ष गरिवी र आर्थिक सुधारको लागी गाँजा खेतीबारे एक बहस

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट भाषणमा औषधिय प्रयोजनका निम्ति गाँजालाई छिट्टै निवाली बनाएर बैधानिक बनाइने छ, भनेर घोषणा गरेसँगै गाँजा को विषयले चर्चा पाएको छ । गाँजा पहिले किन बन्देज गरिएको थियो ? अहिले किन खुला गर्ने ? खुला गरेपछि सामाजिक ,आर्थिक ,सांस्कृतिक र राजनैतिक पक्षमा कस्तो प्रभाव कस्तो प्रभाव पर्छ ? विशेष त गाँजा खेतीले कुन वर्गको हित हुन्छ । यी विषयमा यस लेखमा चर्चा गर्ने कोसिस गरिएको छ । अमेरिकीहरु नेपालमा आएर हेप्पी संस्कृति मच्चाउन लागेपछि हाम्रा नागरिक नेपालमा गएर बिग्रेको बुझाइ पछि अमेरिकाले नेपालमा नै…
Read More
शुक्रबारदेखीकाे अविरल बर्षाले विपदमा परी  १६ जनाको ज्यान गयाे

शुक्रबारदेखीकाे अविरल बर्षाले विपदमा परी १६ जनाको ज्यान गयाे

काठमाण्डाै – शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म देशभर १६ जनाको ज्यान गएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डाैमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा तीन जना गरी १६ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी दोलखा र स्याङ्जामा एक/एक जना बेपत्ता भएका छन् । यस्तै अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डाैमा…
Read More
राप्ती नदीमा बगेर बेपत्ता युवक मृत फेला

राप्ती नदीमा बगेर बेपत्ता युवक मृत फेला

२३ असार दाङ/ शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका एक युवक मृतअवस्थामा फेला परेका छन् । । शनिबार लमहीबाट दुघ बेचेर फर्किएका राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव हस्नापुर घाटबाट बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बेपत्ता यादवको शव आज बिहान फेला परेको जानकारी दिएका छन् । यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ। यादव संगै बाढीमा फसेका दुईजना युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको थियो।
Read More
महाकालीमा पानीको उच्च बहाव,शारदा व्यारेजमा गाडी चलाउन राेक

महाकालीमा पानीको उच्च बहाव,शारदा व्यारेजमा गाडी चलाउन राेक

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा गाडी चलाउन रोक लगाइएको छ । पुलमा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाएको तर साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ६४ हजार छ सय ६० क्युसेक मापन गरिएको छ । बनबासा पुलमा ठूला गाडी चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह…
Read More
भारतको सिलोङमा चार नेपालीको हत्या

भारतको सिलोङमा चार नेपालीको हत्या

– भारतको सिलोङमा चारजना नेपालीको हत्या गरिएको छ ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको खबर आएको छ ।
Read More
बाढीले बगाउँदा दुई जनाको मृत्यु

बाढीले बगाउँदा दुई जनाको मृत्यु

काभ्रेपलान्चोकको भ्याकुरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । निरन्तरको अविरल वर्षापछि शनिबार दिउँसो आएको बाढीले बगाएर रोशी गाउँपालिका–११ भिमखोरीकी ६५ वर्षीय जालमाया रुचाल मगर र ५ वर्षकी सेतिमाया रुचाल मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ । काभ्रेपलान्चोकका विभिन्न खाेलामा शनिबार बाढी आउँदा जनधनकाे क्षति पुर्याएकाे छ । आसपासका नागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।  
Read More

बाँकेमा गाेली चल्यो यस्ताे छ कारण ?

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । ‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो’, उनले भने । प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इट्टाले टाउकोमा चोट लागेको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए । ‘डुडुवा गाउँपालिका–६…
Read More
बबई नदिले बगाएकी चौधरी मृत फेला

बबई नदिले बगाएकी चौधरी मृत फेला

१९ असार/ दाङको तुलसीपुरमा बबई नदि तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो । खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। प्रहरी र आफन्तले बिहानै देखी उनको खोजी गरिरहेका थिए ।
Read More
कविता “याे कस्तो मान्छे ?: ओम प्रकाश पुन

कविता “याे कस्तो मान्छे ?: ओम प्रकाश पुन

कविता याे कस्तो मान्छे ? याे मान्छे कस्तो मान्छे भुत प्रेतका कथा आफै बनाउछ मसान चुरेन आफै बनाउछ आफै पाेखल चढाउछ आफै त्यसबाट डराउछ याे कस्तो मान्छे ? मुर्ति आफै बनाउछ आफै पुजा गर्छ ढुंगालाई देउता आफै बनाउछ आफै पाथी चढाउछ फेरि आफै डराउछ याे कस्तो मान्छे ? मन्दिर आफै बनाउछ आफै पुजारी बन्छ मन्दिरमा मुर्ति आफै राख्छ आफै बलि चढाउछ फेरि आफै डराउछ याे कस्तो मान्छे ? इश्वर आफै बनाउछ परमेश्वर आफै बनाउछ अल्लाह आफै बनाउछ बुद्ध आफै बनाउछ आफै आशिर्वाद माग्छ फेरि आफै डराउछ याे कस्तो मान्छे ? धर्म आफै बनाउछ आफै धर्म गुरु बन्छ कानुन आफै बनाउछ…
Read More
रास्वपा बैठकमा महामन्त्री मुखमा कालाे पट्टीद्वारा विरोध

रास्वपा बैठकमा महामन्त्री मुखमा कालाे पट्टीद्वारा विरोध

काठमाडौं । रास्वपा महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । स्रोतले दिएको जानकारीअनुसार उनले बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा टेप टाँसेर बसेका हुन् । रास्वपामा उनले ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाएका छन् । रास्वपाको केन्द्रीय समितिको बैठकमा उनले मुखमा टेप टाँसेर बसेका हुन् । बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई  बुझाएका थिए। ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search