१० श्रावण २०८१ १०:१०
१० श्रावण २०८१ १०:१०
बुधवार साँझ झरेको पहिरोका कारण मध्य पहाडी लोक मार्ग बन्द भएको छ । मध्यपहाडी लोक मार्गको रुकुम पूर्व खण्ड बन्द भएको हो । सडक बन्द हुँदा रुकुमकोट बाट रुकुम पश्चिम, दाङ नेपालगन्ज तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा, र काठमाडौँ जाने गाडीहरू ठप्प भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रानीकोटमा पहिरो झरेको छ । सडक माथिबाट ठुलो पहिरो झरेको कारण तत्काल सडक सञ्चालन गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । 'सडक खुलाउन प्रयास गरिरहेका छौ एउटा जेसिबी मार्फत पहिरो पन्छाउने काम भइरहेको छ प्रजिअ शर्माले भन्नुभयो वर्षा भएन भने दिउँसो सम्म…