Yug Post

Breaking News 1

रोल्पामा पहिरोले पुरिएर दुईको मृत्यु

रोल्पामा पहिरोले पुरिएर दुईको मृत्यु

रोल्पाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४ वर्षीया छोरी माया सुनारको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो । घटनाबारे स्थानीयले प्रहरी चौकी स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए । तर पहिरो झरिरहेको र वर्षा नरोकिँदा राति उद्धार हुन सकेन । देउसिंह भने कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर र पोबाङको टोलीसहित स्थानीयले खोजी गरेका थिए ।  
Read More
कर्णाली सडक अवरुद्ध हुदा ३२ दिनपछि नेपालगन्ज बाट पुगे हुम्ला गाडी

कर्णाली सडक अवरुद्ध हुदा ३२ दिनपछि नेपालगन्ज बाट पुगे हुम्ला गाडी

हुम्ला – निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् । विभिन्न ठाउँमा अवरुद्ध भएका सडक चालक र सहचालकले मिलेर मर्मत गरेका हुन् । चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताउनुभयो । उहाँले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताउनुभयो । अर्का चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी ठाउँमा भने आफूहरुले नै काम गरेको बताउनुभयो । नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास…
Read More
झण्डै १८ वर्ष पछि शान्ति प्रक्रिया अन्तिम टुंगो लाग्दै

झण्डै १८ वर्ष पछि शान्ति प्रक्रिया अन्तिम टुंगो लाग्दै

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधयेकमा सहमति जुटेको छ। बिहीबार सिंहदरबार स्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो। कार्यदलका सदस्यहरु गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भएको निरन्तरको छलफलपछि सहमति जुटेको हाे। बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘आज राम्रो उपलब्धि भएको छ। हाम्रा बीचमा मिल्न बाँकी कुराहरु सबै मिलिसकेको छ।’ विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उनको भनाइ छ। द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए। उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा…
Read More
पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको…
Read More
काठमाडौंमा एमाले केन्द्रीय कार्यालय सहित अधिकांश बस्ती डुबानमा

काठमाडौंमा एमाले केन्द्रीय कार्यालय सहित अधिकांश बस्ती डुबानमा

काठमाण्डौ, १६ श्रावन ।  रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् । बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका…
Read More
यसरी साम्य भयो ७० वर्ष देखिको जिल्लाकै १२० रोपनी जग्गा विवाद

यसरी साम्य भयो ७० वर्ष देखिको जिल्लाकै १२० रोपनी जग्गा विवाद

२०१२ साल देखीको स्वर्गीय हरिभक्त खड्का र स्वर्गीय बलजित पुन को विवादको कारण जुंगार मजुवाको १२० रोपनी उर्वर जग्गा दुबै पक्षले आज सम्म प्रयोग गर्न भएका थिएनन् । हरिभक्त खड्का र बलजित पुनको विवाद यति बढ्यो कि भौतिकरुपमा आक्रमण देखि अडाअदालत सम्म पुग्यो र त्यो पहिलो एक पुस्ता त्यसैमा बित्यो ।जग्गा विवाद भएकै कारण १० वर्षीय जनयुद्धमा तत्कालीन नेकपा (माओवादी ) पार्टीले झन्डै १० वर्ष उपयोग गर्‍यो । पार्टी शान्तिकालमा प्रवेश गरे सँगै पार्टीले उपयोग गर्ने छोड्यो तर दुबै पक्षले फेरि पनि आ-आफ्ना जग्गा उपयोग गर्न पाएनन् । त्यही बेला तत्कालीन बैध नेतृत्वको पार्टी नेकपा -माओवादीले हाम्रो पार्टीको हो भनेर…
Read More
दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई  ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको विरुवा  वितरण गरेको छ् ।

दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको विरुवा वितरण गरेको छ् ।

दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको वितरण गरेको छ् । वडा नं.४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट,६ मा रहेको ज्ञानोदय माध्यिमिक विद्यालय पत्थरगढवा र ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीका कक्षा ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई आँप र अम्बाका कलमी बिरुवा वितरण गरेको गाउँपालिकाका वन तथा वातावरण शाखाका फोकल पर्सन सुवास भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शिक्षा शाखा प्रमुख विश्वाक लगायतले विद्यार्थीहरुलाई संयुक्त रूपमा बिरुवा…
Read More
फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको हुँ :उपचाररत क्याप्टेन मनिष रत्न शाक्य

फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको हुँ :उपचाररत क्याप्टेन मनिष रत्न शाक्य

‘जहाज रनवेबाट अघि बढेर करिब १०० फिटमाथि पुगेर उचाइमा लैजानै सकिएन ।` भनेर उपचाररत क्याप्टेन पाइलट मनिषरत्नले डाक्टर हरुसँग बताएका छन् ।जहाज भुइँमा बजारिएपछि आफू त्यसको फुटिसकेको ककपिटको प्वाँलबाट बाहिर आएको पनि बताएका छन् । काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटनामा परेको थियो । घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यको अनुहार सहितका भागमा चोट लागेको…
Read More
शंकर पोख्रेलको ठाडो निर्देशनमा चेतनाराण लुम्बिनीमा मुख्य मन्त्री भएपछि लिला गिरिले दिए राजिनामा

शंकर पोख्रेलको ठाडो निर्देशनमा चेतनाराण लुम्बिनीमा मुख्य मन्त्री भएपछि लिला गिरिले दिए राजिनामा

महासचिव शंकर पोखरेलको ठाडो निर्देशनमा चेतनाराण आचार्य मुख्य मन्त्री भएपछि नेकपा ( एमाले) लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाए पनि मुख्यमन्त्रीले सपथ लिए पछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक गरेका थिएनन् । गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाएपनि स्वीकृत भएको जानकारी आफुले नपाएको बताए । ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन ।’ मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै…
Read More
रानीकाेट पहिरोले मध्यपहाडी लाेकमार्ग अवरुद्ध

रानीकाेट पहिरोले मध्यपहाडी लाेकमार्ग अवरुद्ध

बुधवार साँझ झरेको पहिरोका कारण मध्य पहाडी लोक मार्ग बन्द भएको छ । मध्यपहाडी लोक मार्गको रुकुम पूर्व खण्ड बन्द भएको हो । सडक बन्द हुँदा रुकुमकोट बाट रुकुम पश्चिम, दाङ नेपालगन्ज तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा, र काठमाडौँ जाने गाडीहरू ठप्प भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रानीकोटमा पहिरो झरेको छ । सडक माथिबाट ठुलो पहिरो झरेको कारण तत्काल सडक सञ्चालन गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । 'सडक खुलाउन प्रयास गरिरहेका छौ एउटा जेसिबी मार्फत पहिरो पन्छाउने काम भइरहेको छ प्रजिअ शर्माले भन्नुभयो वर्षा भएन भने दिउँसो सम्म…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search