Yug Post

Breaking News 1

दाङमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

दाङमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

घाेराही दाङ,८ कार्तिक/ दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ। दाङको लमही नगरपालिका २ रनियाँपुरमा नुहाउने क्रममा मृत्यु हुनेमा लमही २ रनियापुरकी १२ वर्षकी झरना चौधरी, १२ वर्षकी निशा चौधरी, र गढवा गाउँपालिका ४ खडकपुर हाल लमही नगरपालिका ५ लमही गल्ली निबासी वर्ष १२ कि कृष्टी चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिएका छन। प्रारम्भिक अनुसन्धान अनुसार बालिकाहरु नुहाउने क्रममा पानीमा डुबेका थिए। घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी र बचाव टोली घटनास्थलमा पुगेका थिए। मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।     FacebookTwitterEmailShare
Read More
केपी ओली नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेका  महत्त्वपूर्ण उपलब्धिहरू(पुर्ण पाठ)

केपी ओली नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेका महत्त्वपूर्ण उपलब्धिहरू(पुर्ण पाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’ सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना…
Read More
दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

दाङ – दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरेको र जुवाको खालबाट पाँच लाख २७ हजार ६ सय १० रुपैयाँ बरामद भएको छ । प्रहरीकाअनुसार असोज १६ गते ७ जना पक्राउ पर्दा ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको छ । यस्तै असोज १८ गते आठ जना पक्राउ गर्दा एक लाख ७२ हजार पाँच सय ८५, असोज २२ गते पाँच जना पक्राउ पर्दा…
Read More
रोल्पाबाट वर्षमानले भने : रवि लामिछाने माथि जे गरिएको छ , धनराज र ऋषिकेश पोखरेललाई पनि त्यही होस् ।

रोल्पाबाट वर्षमानले भने : रवि लामिछाने माथि जे गरिएको छ , धनराज र ऋषिकेश पोखरेललाई पनि त्यही होस् ।

रोल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले रवि लामिछानेमाथि जे गरिएको छ , धनराजलाई र ऋषिकेश पोखरेललाई पनि त्यही हुनुपर्ने बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संगठन प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । ´राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने ` उनले भने । ‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’,…
Read More
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ ,सरकार विरुद्ध डटेर लड्न उनको आह्वान

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ ,सरकार विरुद्ध डटेर लड्न उनको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआइबी)ले उनलाइ पार्टी केन्द्रीय कार्यालय च:मतीबाट पक्राउ गरेकाे हाे। उनलाई पक्राउ गरे लगत्तै सडकमार्ग हुँदै कास्की लगिने प्रहरीले जनाएकाे छ। पक्राउ पर्नु अगाडि कार्यकर्ता र संचारकर्मिलाई सम्बोधन गर्दै भने ´मैले केही कमजोरी गरेको छैन। तर सम्मानित अदालतको सम्मान गर्छु। ` यो सरकार को दादागिरीको विरुद्ध डटेर लड्न कार्यकर्ता निर्देश पनि दिएका छन् ।
Read More
रबि लामिछानेलाई पक्राउ गर्ने रास्वपा कार्यालयमा प्रहरी प्रवेश

रबि लामिछानेलाई पक्राउ गर्ने रास्वपा कार्यालयमा प्रहरी प्रवेश

काठमाडौँ : कास्की प्रहरीले पक्राउको अनुमति लिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न  प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ।  अहिले कार्यालयमा ठूलो  भीड लागेको छ। उनी माथि केही अघि मात्रै सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको थियो।
Read More
दाङको जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङको जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ, २ कार्तिक। दाङको बंगलाचुली गाउँपालिको जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं.७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता ईश्वर थापाले बताए । चुनढुँगा लिन जान लगेको रा १ ख १८५७ नम्बरको टिपर घोराही–तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा दुर्घटना भएको हो।
Read More
नेकपा बहुमत ५ नम्बर ब्यूरोले  दुर्गाप्रसाद पन्थलाई जुत्ताको माला र कालोमोसो लगाएर  सुरु गर्‍यो मिटरब्याजी विरुद्धको संघर्ष

नेकपा बहुमत ५ नम्बर ब्यूरोले दुर्गाप्रसाद पन्थलाई जुत्ताको माला र कालोमोसो लगाएर सुरु गर्‍यो मिटरब्याजी विरुद्धको संघर्ष

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नं ब्युरो संगठन समितिले मिटरब्याजी आरोपित दाङका दुर्गाप्रसाद पन्थलाई जुत्ताको माला लगाउनुका साथै कालोमोसो दलेर जनकारबाही गरेको छ। नेकपा बहुमतको ५ नम्बर ब्यूरो इन्चार्जमा नरेन्द्र बिक आएपछि विभिन्न प्रकारका जनकारबाही तीब्र बनाएको छ । बर्षौं देखि अदालतले दोषी करार गरेका बहालवाला लुम्बिनी प्रदेशका फरार संसद धनबहादुर केसी लगायतका विरुद्ध संघर्ष गरेर उनलाई अदालतमा आत्मसमर्पण गर्न बाध्य बनाएको थियो । त्यसपछि त्यो संघर्षको कार्यक्रम अन्त्य गरेको थियो । सो पार्टीले मिटर ब्याजी र लघुबृतको चर्को ब्याज विरुद्ध संघर्ष घोषणा गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको थियो । यसको सम्बन्धित पक्षले सुनाइ नगरे पछी…
Read More
मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द

मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द

काठमाण्डौ – मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि भोलिदेखि कात्तिक १ गतेसम्म बन्द हुने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।
Read More
सल्यान बुरेली खोला नजिक फोर्स गाडी दुर्घटना १७ जना घाइते

सल्यान बुरेली खोला नजिक फोर्स गाडी दुर्घटना १७ जना घाइते

सल्यान ,२४ असोज । सल्यानको कुमाख गाउँपालिका वडा नम्वर १ वुरेली खोला नजिकै लु २ ख ५००२ नम्वरको फोर्सगाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडीमा सवार १७ जना घाईतेहरु मध्ये २ जनालाई अस्पतालले थप उपचारको लागि नेपालगञ्ज रेफर गरेको डाक्टर निमरोद लिम्वुले जानकारी दिनुभयो । अन्य एकजना पनि थप उपचारको लागि नेपालगञ्ज गएका छन । घाईतेहरुको टाउको, हात, खुटटा, ढाड, लगाएत शारिरीरका विभिन्न भागमा चोट लागेको छ । गाडी व्रेकफेल भएर दुर्घटनामा परेको हुन सक्ने सल्यान प्रहरीले वताएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा कुमाखगाउँपालिका वडा नम्व्र ३ निवासी १५ वर्षिय विनोद नाथ योगी, वडा नम्वर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search