Skip to main content

Yug Post

समाचार

समाजवादी आन्दोलन बारे प्रतिबेदन ल्याउँदै माओवादी

समाजवादी आन्दोलन बारे प्रतिबेदन ल्याउँदै माओवादी

प्रदेशस्तरीय सम्मेलन र खबरदारी सभाका साथै माओवादीले केन्द्रीय समिति बैठकको तयारी समेत थालेको छ । आगामी २१ पुसमा बस्ने गरी बोलाइएको बैठकको तयारीमा रहेको नेताहरूले बताएका छन् । बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनको तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थालेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सदन र सडकबाट सशक्त खबरदारी गर्ने गरी प्रतिवेदन आउने माओवादी उपमहासचिव शक्ति बस्नेतले बताए । उनका अनुसार समाजवादी आन्दोलनको विषय पनि प्रतिवेदनमा समेटिनेछ । प्रतिवेदन स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ । माओवादी खबरदारी सभा र पालिका सम्मेलनका कारण केन्द्रीय समिति बैठकको मिति सारिएको सापकोटाले बताए । केन्द्रीय समिति बैठकको तयारीका लागि माओवादीले १८, १९…
Read More
दुर्गा प्रसाईंलाई रिहाइ गर्ने सर्वोच्चकाे आदेश

दुर्गा प्रसाईंलाई रिहाइ गर्ने सर्वोच्चकाे आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई  रिहा गर्न आदेश दिएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।
Read More
माओवादी स्थायी समिति बैठक पार्टी मुख्यालयमा जारी

माओवादी स्थायी समिति बैठक पार्टी मुख्यालयमा जारी

काठमाडौँ —माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ। बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालनको माओवादी यही मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा अपेक्षित परिणाम प्राप्त गरेको थियो । यो बैठकले जनतासँग जोड्ने कार्यक्रम तयार पार्न सक्नेछ ।
Read More
राेल्पा त्रिवेणी, २ मा एमाले वडा सम्मेलन सम्पन्न

राेल्पा त्रिवेणी, २ मा एमाले वडा सम्मेलन सम्पन्न

टेक मगर,राेल्पा, मंसिर  २५ / "संसारका श्रमिकहरू एक हौँ "! "जनताको बहुदलीय जनवाद जिन्दाबाद" ! भन्ने मूल नाराको साथ रोल्पाको त्रिवेणी गाउँपालिका २ मा दोस्राे वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले त्रिवेणी गाउँपालिका वडा दोस्रो वडा अधिवेशनमा र्‍याली सहित बजार परिक्रमा गरी अधिवेशन सम्पन्न गरिएको हो। अधिवेशन को र्‍यालीमा नुवागाउँ बाउ समूहले पनि झाँकी प्रस्तुत गरेर विशेष साथ दिएको थियो।  अधिवेशनबाट नयाँ कमिटी निर्वाचित भएको छ गरिएको छ। वडा पार्टी अध्यक्षमा लक्ष्मीराम घर्ती, उपाध्यक्षमा भीमसेन बुढा, सचिवमा भीमराज बुढा, सहसचिवमा पुष्पा घर्ती, सहसचिवमा प्रभाव पुन, सदस्यमा:- मनिषा बिक , मनोहर घर्ती , शंकर थापा, विष्णु रोका,…
Read More
कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले विजयी

कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले विजयी

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो । कर्णालीका  लागि  चाडविक वाल्टनले ४२,  बाबर हायातले ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झाले ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे। पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको  पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।
Read More
लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम रोल्पाको त्रिवेणीमा सम्पन्न

लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम रोल्पाको त्रिवेणीमा सम्पन्न

टेक मगर राेल्पा/ राेल्पा   त्रिवेणी गाउँपालिका-२ नुवागाउँमा लैङ्गकि हिम्सा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। नारा जुलुस सहित बजार परिक्रमा गरी सम्पन भएको हो। हामी सबैको प्रतिबद्धता लैङ्गकि हिम्सा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैङ्गकि हिम्सा विरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म (तदअनुसार २०८१ मङ्सिर १० देखी २५ गते) सम्म मनाउदै आएको लैङ्गिक हिंसा विरुद्ध १५ दिनमा त्रिवेणी गाँउपालिका वडा नं २ मा विविध कार्यक्रम गरि मनाईएको छ । कार्यक्रमको सभा अध्यक्षमा त्रिवेणी गाँउपालिका वडा नं २ का वडा-अध्यक्ष कविराज बुढा रहनु भएको थियो । प्रमुख अतिथीमा त्रिवेणी गाउँपालिका अध्याक्ष कर्ण बहादुर बाठा बिशिस्ट अथितीमा…
Read More
रोल्पामा ४ दिनमै आन्दोलन स्थगित , पीएल संघाईसँग वार्ता गर्न पुनः ३० दिन म्याद थप

रोल्पामा ४ दिनमै आन्दोलन स्थगित , पीएल संघाईसँग वार्ता गर्न पुनः ३० दिन म्याद थप

रोल्पाको त्रिवेणी गाउँपालिकामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ। त्रिवेणी गाउँपालिकाको कार्यालय भवन जुगारमा त्रिवेणी गाउँपालिकाका संस्थापक अध्यक्ष एवं सर्वदलीय वार्ता टोलीका संस्थापक शान्तकुमार ओलीको अध्यक्षता, व्यवस्थापिका संसदका पूर्व सभामुख ओनसरी घर्ती , नेपाल सरकारका पूर्वमन्त्री तथा संघीय व्यवस्थापिका संसद सदस्य वर्षमान पुन , संविधान सभा सदस्य गोकुल घर्ती तथा लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री एवं प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन लगायतको अतिथिता ,त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरु, क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु, प्रभावित क्षेत्रका जनताका प्रतिनिधिहरु लगायत को विशेष उपस्थितिमा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ । रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ मा सञ्चालित शिवस्वरूप खनिज उद्योग प्राली…
Read More
स्थानीयको माग पूरा नहुँदै आन्दोलन रोक्न खोज्दा, स्थानीय एक्लै उत्रिए आन्दोलनमा

स्थानीयको माग पूरा नहुँदै आन्दोलन रोक्न खोज्दा, स्थानीय एक्लै उत्रिए आन्दोलनमा

टेक मगर राेल्पा / राेल्पाकाे  त्रिवेणी गाउँपालिका ३ मा मंसीर १७ गते पत्रकार सम्मेलन मार्फत १८ गतेबाट चरणबद्ध तरिकाले आन्दोलन गरिएको थियो। आन्दोलन पश्चात खानी विभागका प्रतिनिधि , सर्वदलीय र मन्त्रीहरूको वार्ता समिति बैठक बसेको थियो। हिजो मात्रै बसेको वार्ता समितिमा माननीय मन्त्रीहरू, सर्वदलीय, खानी विभागका प्रतिनिधि सँगै बसेको बैठकबाट ३० दिनको लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। खानीको पीएल संघाई दुबई को भ्रमणको लागि गएको बताइएको छ। खानीको पीएल संघाई ३० दिनपछि मात्र नेपाल आउने र ऊ नेपाल आएपश्चात् वार्ता गर्ने यदि वार्तामा पहिले गरेको सम्झौताहरू को माग पूरा नभए मा पुनः आन्दोलन गर्ने सर्वदलीयले बताएको छ। उता…
Read More
प्राधिकरणले बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

प्राधिकरणले बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो। घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ गतेको निर्देशनअनुसार राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका हुन् । सरकारले गत कात्तिक २५ गते सरकारले लाल आयोगको प्रतिबेदन सर्बजनिक गर्दै २४ घन्टा भित्र उद्योगहरुमा काटिएको लाइन जोडन र १५ दिन भित्र टिवडी मिटरको आधारमा बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिए…
Read More
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ विरुद्ध मुद्दा दर्ता

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ विरुद्ध मुद्दा दर्ता

काठमाडौँ —फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले बौद्धिक सम्पत्ति चोरीको मुद्दा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता गराएका हुन् । 'अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,' रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले भने, 'ऐनअनुसार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हुँदा यो विषयलाई हामीले उतै पठाएका हाैं ।' अधिकारीका अनुसार अजितले यसअघि 'पूर्णबहादुरको सारङ्गी’का लेखकलाई 'लाज' कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् । यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search