१ मंसिर २०८२ २०:००
१ मंसिर २०८२ २०:००
काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । चुनावको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगले आयोजना गरेको छलफलमा गृहमन्त्री अर्यालले चुनावका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउने व्यक्त गर्नुभएको हो । निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने आफ्नो विश्वास रहेको पनि उहाँले बताउनुभयो । कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउँदाे चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने गृहमन्त्रीले उल्लेख गर्नुभयाे ।