काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्।
भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन्। सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ।
भेला घोषणा पत्र र विधान पनि पारित गरिसकेको छ।


