Yug Post

रोल्पाको त्रिवेणी गापामा ध्यान आकर्षण पत्र , मंसिर ५ गते भित्र काज शिक्षक फिर्ताको माग

Advertisement

कात्तिक २९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले गरेको काज सरुवा फिर्ता पाउँ भनी चार विद्यालयले ध्यानाकर्षण पत्र बुझाएका छन ।

श्री जनश्रम प्रा वि त्रिवेणी १ हुन्दुङ, श्री नेपाल राष्ट्रिय प्रावि त्रिवेणी १ तुक्ला, श्री अनवती प्रा वि त्रिवेणी ७ वर्तिवाङ र श्री नेपाल राष्ट्रिय प्रा वि त्रिवेणी २ रामपुर गरि चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक अभिवाक संघले पालिकाले गरेको काज सरुवा फिर्ताको मागसहित संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन ।

पालिकाले ´बहुकक्षा ‘बहु सिकाई `(MGML) कार्यक्रमको नाममा आज भन्दा दुई वर्ष पहिले ९ वटा का शिक्षक काज सरुवा गरेको थियो। यहि काज सरुवा अबैध , पुर्वाग्रह र अव्यावहारिक छ भनी भनेर
शिक्षक गंगा प्रशाद बुढाले उच्च अदालत तुल्सिपुरमा मुद्दा दर्ता गराएका थिए।

अदालतले सरुवा कानुन सम्बन्ध नभएकाले निज शिक्षक गंगा प्रशाद बुढाको सरुवा नगर्न भनेर मुद्दा फैसला भैसकेको छ।

अदालतको यो फैसलाको आधार मान्ने हो भने ´ एउटै निर्णयमा , एउटै प्रक्रियामा ,एउटै कार्यक्रमका लागी ` गरेको अरु ८ अटै काज सरुवा गैरकानुनी भएको प्रमाणित भैसकेको छ।

शैक्षिक हिसाबले यो सरुवाले ती प्रा बि लाई धेरै नकारात्मक प्रभाव परेको छ । यी स्कुलहरु शिक्षक अभावले बन्द हुने स्थितिमा पुगेका छन् ।

त्यसैले मंसिर ५ गते भित्र काज सरुवा फिर्ता गर्न अनुरोध गर्दछौ”, भनेर ध्यानाकर्षण पत्रमा भनिएको छ ।

साथै उनिहरुले ध्यानाकर्षण पत्रको व्यवास्ता गरिएमा विद्यालयहरुले विद्यार्थी सहित पालिका केन्द्रित आन्दोलन गर्ने चेतावनी समेत दिईएका छन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search