८ पुष २०८२ १७:४१
८ पुष २०८२ १७:४१
दाङ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिकको नेतृत्वमा दाङमा तीस कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी दाङको आयोजनामा भएको एकता घोाषणासभा तथा स्वागत कार्यक्रममा उनीहरू सो पार्टीमा समाहित भएका हुन। पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी जिल्ला सचिवालय सदस्य दानबहादुर सी, लमही नगर कमिटीका सेक्रेटरी मुक्ति सी, पूर्व जिल्ला सदस्य भक्तबहादुर सी, लक्ष्मी सी, राकेश सी र पहरु चौधरी रहेका छन्। त्यसैगरी प्रशु सुनार, निश्चल सुनार, मनोज सुनार, दीपक सुनार, प्रेमबहादुर बि.क., विवेक सुनार, शोभाराम सुनार, बुद्ध सुनार र राम विश्वकर्माले पनि पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरूमा सुन्दर परियार,…