नेपाली कम्युनिस्ट पार्टी रोल्पाले लिवाङको टुडिखेलमा मंसिर २० गते पार्टी एकता सन्देश सभा गर्दैछ।
तत्कालीन नेकपा (माओवादी केन्द्र ) , नेकपा (एकीकृत समाजवादी ) लगायत १६ पार्टीहरु मिलेर पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टीले प्रदेश स्तरीय पार्टी एकता सन्देश सभाको आयोजना गरिरहेको छ।
त्यस्तै गरि सबै जिल्ला सदरमुकाममा पनि जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गर्दै छ। जस अनुसार रोल्पाको सदरमुकाम लिवाङमा मंसिर २० गते सभा हुँदै छ।
सभमा जिल्लाका १० वटै स्थानीय तहबाट कार्यकर्ता र जनता लिवाङ जाने गरि तयारी गरिएको छ। जनयुद्धको उदगम स्थलको रुपमा स्थापित रोल्पामा नेपाली कम्युनिस्ट पार्टी हुनलागेको पहिलो सभालाई चासोका साथ हेरिएको छ।
सभा हुनु अगाडी पश्चिमका स्थानीय तहा थवाङ गापा परिवर्तन गापा , गंगादेब गापा , त्रिवेणी गापा ,रुन्टी गढी गापा ११ बज्ये लिवाङको साततालेमा जम्मा भएर जूलूस लिएर अगाडी बढ्ने छन् ।
त्यस्तै गरि पुर्वका स्थानीय तह सुन्छ्हरी गापा सुनिल स्मृति गापा र लुङरी गापा बाट आएका सम्झना होटेल नजिक जम्मा भएर जूलूस सहित अगाडी बढ्ने आयोजकले युगपोष्टसंग बताएका छन् ।
सभालाई पुर्व अर्थ मन्त्री वर्षमान पुन ,पुर्व सभामुख ओनसरी घर्ती , मेटमनी चौधरी , पुर्व लुम्बिनी प्रदेश मुख्य मन्त्रीहरु कुलप्रसाद केसि र जोख बहादुर महरा , लुम्बिनी प्रदेश पुर्व स्वास्थ मन्त्री दिपेन्द्र कुमार पुन सिजन लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।


