मतदाताको अनन्तलाई स्वागतको नयाँ शैली ,पेटिका पेटी सुन्तला उपहार दिएका छन् ।
पुर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ आज भोलि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट र आफू सरकारमा हुँदा दिएको विकास निर्माणको उद्घाटन तथा अनुगमनमा व्यस्त छन् ।
उनी माडीगाउँ पालिका ५ भाबाङ जादा यसपटक जनताको लोभलाग्दो माया र सम्मान पाएका छन् ।
स्वागतको नयाँ र रोचक शैली देखिएको छ । सुन्तला पकेट क्षेत्र बाङ्मामा पुग्दा सुन्तलाको पेटी बोकेर लाइन बद्द उभिएका मतदाताले सुन्तलाको पेटीले स्वागत गरेका थिए।
वर्षमान पुन ‘अनन्त’ सँग दिपेन्द्र कुमार पुन ‘सिजल’ पालिका अध्यक्ष अमरसिंह घर्ती र पालिका पार्टी अध्यक्ष बसन्त लगायतका नेताहरू सहभागी थिए।


