Yug Post

पार्टीबाट बिद्रोह गरेका सुदर्शनलाई जिम्मेवार तहबाट उत्तेजक टिप्पणी गरेपछि ,जनकको टिप्पणी

Advertisement

भखरै विप्लव नेतृत्वको नेकपा माओवादीबाट बिद्रोह गरेका दाङका सुदर्शन शेर्पाली ,दिपेन्द्र ओलि लगायत दर्जन बढी युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि
कठिन समयमा महत्त्वपूर्ण भुमिका खेलेका साथीहरूलाई पार्टी छोड्न बितिकै केपि ओली शैलीमा उहाँहरु प्रतिको हल्का र उत्तेजित टिप्पणी गरेको देख्दा अचम्म लाग्छ भन्दै कवि ,लेखक तथा विप्लव नेतृत्वको पार्टीका प्रभावशाली युवा नेता जनक सि सामाजिक संजाल फेस्बुकमा लेख्छन् ।

मैले चिनेको क सुदर्शन –
´मलाई लाग्छ, २०७२/०७३ सालको कुरो हो। हाम्रो पार्टीको चुनाव बहिष्कार अभियान अन्तर्गत मतदाता नामावली संकलनमा अबरोध पुर्याउने कार्यक्रम थियो। बाघमारेमा सुरक्षा कर्मीसंग केही झडप भए । श्रीगाँउमा झडप भयो । तुल्सीपुर सेन्टर स्कुलमा झडप भयो । मोटोघाटो जिउडाल लामो कपाल त्यहि कपालमा समातेर ८\१० जना प्रहरीले अन्धाधुन्दा कुटपिट गरे। केही समय पुलिसले नियन्त्रणमा लियो र छोड्यो। पुलिसको यातना पछि यातनाको कुनै प्रवाह नगरी मुसुक्क मुस्कुराउँदै क सुदर्शन हामीमाझ आउनु भयो। दरिलो हात मिलाउदै भन्नु भयो। `

“क्रान्तिगर्ने आटिसके पछि यति कुटाइ त के हो र कमरेड”
´अहिले पनि सुदर्शन भन्ने बित्तिकै त्यतिबेलाको अनुहार झलक्क याद आउछ। उहाँसंग २०७० को दोस्रो संविधानसभा चुनावको वेला तुल्सीपुर इप्रकामा हिरासतमा २६ दिन संगै वितायका थियौं। दाङ जिल्लामा युवासंगठनमा रहेर लामो समय काम गर्नु भयो । त्यतिबेला देखि अहिले सम्म हामि संगसंगै थियौँ। पार्टी, संगठनको निम्ति इमान्दारी पुर्वक लगनसिल ढङ्गले काम गर्दै आउनुभएको ब्यक्तिको रूपमा मैले उहाँलाई बुझेको छु। क सुदर्शन, हाल पार्टीको जिल्ला समिति सचिवालय सदस्य हुनुहुन्थ्यो। तर जिम्मेवार ब्यक्तिहरुले केपी ओली सैलिमा उहाँ प्रतिको हल्का र उत्तेजित टिप्पणी गरेको देख्दा अचम्म लाग्छ। कमरेड त्यतीबेला त तपाईले सुदर्शन कमरेडलाई चिन्नुनै हुन्थेन । अहिले सम्म पनि चिन्नु भएको रहेनछ। अहिलेका केही केन्द्रिय सदस्यहरू उहाँले जतिबेला पार्टीको काममा दिलज्यानले खटिरहनु भएको थियो। त्यतिबेला अहिले उहाँहरू प्रति अनावश्यक टिकाटिप्पणी गर्नेहरू मध्य धेरै त पार्टी मै थिएनन्। त्यी त्यस्ता साथिहरूनै अनावश्यक धेरै टिकाटिप्पणी गरिरहेको देख्छु। `

उनी लेख्छन् “खयर! यि विषय छोडौँ। कुनै पनि संघसस्थामा जागिर गर्ने जागिरेले पनि आफ्नो जागिर छोड्दै गर्दा उसलाई कदर-पत्र, अनुभव-पत्र सहित विदाइ गरिन्छ। राजनीतिमा त अझ स्वस्फुर्त निसुल्क सेवा गर्दै आएको हुन्छ। निसुल्क आफ्नो पसिना बगाएको हुन्छ। उहाँपनि आफुलाई चित्त बुझदासंम्म काम गर्नु भयो। पसिना बगाउनु भयो। पुलिसको कस्टरिमा बस्नुभयो यातना भोग्नु भयो। आफ्नो उर्वर उमेर यहि पाटीमा खर्चनु भयो। ब्यक्तिगत रूपमा के पाउनु भयो? अहिले चित्त बुझेन आफ्नो सो खुसीले छुट्टै राजनीतिक दल र राजनीतिगर्न लाग्नु भाको छ। त्यो उहाँको अधिकार हो। ”

“कमरेडहरू यो पार्टीमा जसरी इमान्दारी पुर्वक परिश्रम गर्नु भएको थियो । आफ्नो इमान्दारीता उतापनि नटुटाउनु होला। राजनीतिक परिस्थिति र समयले जुराय फेरि सहकार्य गरौंला। अहिलेलाई क सुदर्शन, क दिपेन्द्र लगाएत सबै साथिहरूलाई हार्दिक सुभकामना। ”

अगाडी लेख्छन् “बरू सोच्नु पर्ने बेला हामिलाई भएको छ। दाङ जिल्लाका सिनीएर नेता कार्यकर्ताहरू क किरन डागी, क खेम ओली , क इश्वरी पाण्डे लागातले पार्टी छोड्दा पनि, एस्तै एस्तै अभिव्यक्त दियौं र चित्त बुझायौं। दाङ जिल्लाको युवासंगठनमा सबैभन्दा धेरै मेहनत गर्नु भएका युवा नेता कमरेड क बिरेन्द्र, क अजय, क हिमाल लगाएत कमरेडहरू झन्डै झन्डै पश्चिम दाङबाट युवाहरु नै खालीगरेर पार्टी छोड्नु भयो। त्यतिबेला पनि त्यही सैली अप्नायौं र आत्मरतिमा रमायौं। अहिले पार्टी जिल्ला सचिवालय सदस्य कमरेडहरू सुदर्शन, दिपेन्द्र लगाएतले पार्टी छोड्दा समेत हामि उस्तै गरिरहेका छौं। हामिले संमिक्षा गर्नु पर्दैन? हाम्रै जिल्लामा कमरेडहरू किन पार्टी छोडीरहेका छन् ? किन दिन प्रतिदिन एक छोडि अर्को असन्तुष्ट भइरहेका छन्? पार्टीको जिम्मेवारी निकायमा बसेर कमिटी निर्णय बेगर जथाभावी गर्नु पदको दुरुपयोग गर्नु होइन?

साँचिकै एकपटक सोचौं त ! यति लामो समय पार्टीमा योगदान गर्नु भयो। त्यसलाई सम्मान गर्नु पर्दैन? अझ उल्टो टिका टिप्पणी गर्न जरूरी छ? बरू सुभकामना दिने हिक्मत गरौं न? पार्टीलाई आक्षेप लगाएर, गाली गलौज गरेर जानुभाको छैन। अहिले अर्को पार्टी रोज्नु भयो। त्यो उहाँहरूको अधिकार हो। बरू सत्य के हो भने साथिहरूको बहिरगमन लाई रोक्न सकिएन। कमिटीलाई कमान गर्ने बुतो भएन। त्यसको आबेग अरूमाथि खनाइरहेका छौँ। बेलैमा बुद्धि पुर्याउ र समिक्षा गरौं। सम्भावित आगामी समस्यालाई रोकौं।”

अन्त्यमा उनी लेख्छन् “चित्त बुझेन र सामाजिक सन्जालमै आएका विषयलाई सामाजिक सन्जालबाटै सुझाव राखियो गल्तिभए माफ पाँउ ।”

राजनीतिक संस्कार भएको पार्टीले आफ्नो पार्टीमा हुँदा गरेको कार्य र भुमिका प्रति धन्यवाद र बाँकी राजनीतिक जिबनको शुभकामना दिन्छन् । तर संस्कार नभएकाले नेताकार्यकर्ताले नेतृत्व सामु तल ठिक ठाक छ पार्टी छोडेकाहरु प्रति गलत थिए जिम्मेवारीमा थिएनन् । दुश्मनको व्यावहार गरिन्छ ।

केही समय अगाडी रास्वपाका प्रमुख सचेतक सन्तोष नेपालीले पार्टी छोडेपछि रास्वपाका कार्यबाहक सभापति डिपि अर्यालले “हाम्रो पार्टीमा उहाँले खेलेको भुमिका प्रति धन्यवाद बाँकी राजनीतिक जिबनको शुभकामना भनेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search