३० कार्तिक २०८२ ०९:५७
३० कार्तिक २०८२ ०९:५७
कात्तिक २९, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले गरेको काज सरुवा फिर्ता पाउँ भनी चार विद्यालयले ध्यानाकर्षण पत्र बुझाएका छन । श्री जनश्रम प्रा वि त्रिवेणी १ हुन्दुङ, श्री नेपाल राष्ट्रिय प्रावि त्रिवेणी १ तुक्ला, श्री अनवती प्रा वि त्रिवेणी ७ वर्तिवाङ र श्री नेपाल राष्ट्रिय प्रा वि त्रिवेणी २ रामपुर गरि चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक अभिवाक संघले पालिकाले गरेको काज सरुवा फिर्ताको मागसहित संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन । पालिकाले ´बहुकक्षा 'बहु सिकाई `(MGML) कार्यक्रमको नाममा आज भन्दा दुई वर्ष पहिले ९ वटा का शिक्षक काज सरुवा गरेको थियो। यहि काज सरुवा अबैध , पुर्वाग्रह र अव्यावहारिक…