२३ श्रावण २०८२ २०:१५
२३ श्रावण २०८२ २०:१५
काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै पढाउनुपर्ने बताएका छन्। अध्यक्ष प्रचण्डले शिक्षा विधेयक संसद्मा पुग्न नेकपा एमाले र नेपाली कांग्रेसका कारण ढिलो भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । अखिल क्रान्तिकारीको आयोजनामा बिहीबार भएको‘विद्यार्थीसँग अध्यक्ष प्रचण्ड’ शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानले नै सबैलाई समान शिक्षा दिने व्यवस्थाको परिकल्पना गरेको बताए। उनले निजी शिक्षालाई विस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउनुपर्नेमा जोड दिए । उनले समाजवादउन्मुख शिक्षा नीति अपनाए धनी र गरिव भनेर शिक्षामा विभेद नहुने बताए ।‘उच्च शिक्षामा देखापरेका समस्या समाधान…